Skip to main content

Purbi Garjan

मोरङको ग्रामथानबाट ९ जना जुवाडे नियन्त्रणमा, एकजना फरार

बिराटनगर । मोरङको ग्रामथान गाउँपालिका -४ कटरियाबाट गएराती ९ जना जुवाडे पक्राउ परेका छन्। प्रदेश प्रहरीले विशेष सुचनाको आधारमा शनिबार राति ८ बजे छापा मारी उनिहरुको साथबाट कौडा, मोबाइल , १८ लाख ५० हजार पैसा र उनिहरुले प्रयोग गर्ने गरेका विभिन्न ब्रान्डका गाडी बरामद गरेको छ।

प्रहरीले विशेष सुचनाको आधारमा ९ जना जुवाडे र उनिहरुको गाडी समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। उक्त जुवा खालबाट मुख्य नाइके मानिएका अर्जुन तुम्रुक फरार रहेको र उनको गाडी भने प्रहरी नियन्त्रणमा रहेको छ। अहिले प्रहरी नियन्त्रणमा रहेको तुम्रुकको गाडी छुटाउन प्रशासनलाई दबाब आइरहेको समेत पाइएको छ।

स्रोतका अनुसार जुवा खेलाउन स्थानीय प्रशासनलाई सेटिङ मिलाउन ५० लाख बराबरको रकम खर्च गरेको स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा जानकारी दिएका छन्।

प्रहरीले जुवाखालबाट अभिलाल  माझी, किशोर शाह ,जनक कुमार मास्के , महेश शाह, शिवनारायण माझी, युवक राई  , रितुवर्ण नेम्बाङ, लोकनाथ सापकोटा र प्रताम राईलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै उक्त स्थानबाट प्रहरीले जुवाडेहरुले प्रयोग गरेको बा प्र.०१-०२०च९७३७, बा१५च ६७३०,बा१५च७२८१, बा१८च३७०२, बा……४८५०, बा१ज५९१६, बा१८च४५६५ नम्बरको गाडी नियन्त्रणमा लिएको छ।

चाडपर्व शुरु भएसँगै विभिन्न निकायको सेटिङमा झापा , मोरङ , सुनसरी लगायतका जिल्लामा जुवाजन्य गतिविधि बढिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali