Purbi Garjan

दिन: २०८१ भाद्र ३०, आईतवार

झापाका बामपंथी नेता कन्दङवा सहित सयौं मानिस माओवादी केन्द्रमा प्रवेश

झापाका बामपंथी नेता कन्दङवा सहित सयौं मानिस माओवादी केन्द्रमा प्रवेश

बिर्तामोड । झापाका पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित नेता लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका बीच कन्दङवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। कन्दङवाको नेतृत्वमा सयौं मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए भने माधवकुमार नेपालसँग एकीकृत समाजवादीमा आएका उनी त्यहाँबाट पनि स्वतन्त्र भएर बसेका थिए। कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव…
Read More
काकडभिट्टा महोत्सव: कबवेभ ब्यान्डसँगै झुमे दर्शक, आज लोकल ब्यान्ड आउने

काकडभिट्टा महोत्सव: कबवेभ ब्यान्डसँगै झुमे दर्शक, आज लोकल ब्यान्ड आउने

काकडभिट्टा । झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा जारी काकडभिट्टा सांस्कृतिक महोत्सव तथा रमाइलो मेला २०८१ मा दर्शकहरुको भिडभाड बढेको छ। जस अनतर्गत हिजो शनिबार कबवेभ ब्यान्डको प्रस्तुतिमा भव्य दर्शकहरु उपस्थित भएका थिए। कबवेभ ब्यान्डको प्रस्तुतिको समयमा पानी दर्किएपनि दर्शकहरुले हुटिङसहित नाचगान गरिरहेका थिए। भदौ -२६ गतेबाट शुरु भएको महोत्सवमा विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहँदै आएको छ। महोत्सवको पाँचौ दिन आज लोकल ब्यान्डको प्रस्तुत रहने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरुको स्टल तथा मनोरञ्जनात्मक सामाग्रीहरु राखिएको छ। महोत्सव असोज १५ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा १० वर्ष मुनिका बालबालिका तथा ७० वर्ष माथिका…
Read More
मोरङको ग्रामथानबाट ९ जना जुवाडे नियन्त्रणमा, एकजना फरार

मोरङको ग्रामथानबाट ९ जना जुवाडे नियन्त्रणमा, एकजना फरार

बिराटनगर । मोरङको ग्रामथान गाउँपालिका -४ कटरियाबाट गएराती ९ जना जुवाडे पक्राउ परेका छन्। प्रदेश प्रहरीले विशेष सुचनाको आधारमा शनिबार राति ८ बजे छापा मारी उनिहरुको साथबाट कौडा, मोबाइल , १८ लाख ५० हजार पैसा र उनिहरुले प्रयोग गर्ने गरेका विभिन्न ब्रान्डका गाडी बरामद गरेको छ। प्रहरीले विशेष सुचनाको आधारमा ९ जना जुवाडे र उनिहरुको गाडी समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। उक्त जुवा खालबाट मुख्य नाइके मानिएका अर्जुन तुम्रुक फरार रहेको र उनको गाडी भने प्रहरी नियन्त्रणमा रहेको छ। अहिले प्रहरी नियन्त्रणमा रहेको तुम्रुकको गाडी छुटाउन प्रशासनलाई दबाब आइरहेको समेत पाइएको छ। स्रोतका अनुसार जुवा खेलाउन स्थानीय प्रशासनलाई सेटिङ…
Read More
ne_NPNepali