Skip to main content

Purbi Garjan

झापाका बामपंथी नेता कन्दङवा सहित सयौं मानिस माओवादी केन्द्रमा प्रवेश

बिर्तामोड । झापाका पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित नेता लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका बीच कन्दङवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कन्दङवाको नेतृत्वमा सयौं मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए भने माधवकुमार नेपालसँग एकीकृत समाजवादीमा आएका उनी त्यहाँबाट पनि स्वतन्त्र भएर बसेका थिए।

कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेलले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै कन्दङवाले किसानको, महिलाको, मजदुरको, आदिवासी जनजातिको, उत्पीडित वर्गको, दलितको पक्षमा एजेण्डा उठाउने एकमात्र पार्टी माओवादी केन्द्र भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए । माओवादी केन्द्रलाई सहयोग नगरे देश खतरामा जाने भएकाले पनि आफू यहां आएको बताए ।

आफूले ४३ वर्ष एमालेमा बसेर काम गरिरहँदा ती तमाम एजेण्डा एमालेले बुझ्न नचाहेको उनको भनाई थियो । युद्धको समयमा परिस्थितिवस कतिपयको चित्त दुखेको भएपनि त्यसलाई परिस्थितिजन्य घटनाको रूपमा बुझिदिन उनले आग्रह गरे । एमालेमा छँदा आफू जेल नेल गएकाले आफ्नो लगानी रहेको भए पनि मुलुकको अग्रगमनका काम गर्न नेतृत्वले नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali