Skip to main content

Purbi Garjan

दशैंपछि ओली सरकार ढल्छ : प्रवक्ता प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दशैं लगत्तै ढल्ने ठोकुवा गरेका छन् ।  जनवर्गीय संगठन/मोर्चा बागमती प्रदेश समन्वय समितिको बैठकमा प्रशिक्षण मन्तव्य राख्दै उनले साम्राज्यवादले ओलीलाई प्रयोगमात्र गरेकाले ओली सरकार दशैंपछि ढल्ने ठोकुवा गरेका हुन् ।

अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले ओलीलाई नरुचाएकाले पनि सरकार ढल्ने उनको भनाई थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध ओलीलाई प्रयोग गरेर सरकार ढालेको बताउँदै उनले ओली अमेरिकाको असली विश्वास पात्र नभएको ठोकुवा गरे । ‘नेपालमा अमेरिकाको असली दलाल गगन थापा हो । तर अहिले गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना छैन ।’, उनले भने, ‘देउवा पनि अमेरिकाको असली दलाल होइनन्, काम चलाउन मात्र हुन् । त्यही भएर अमेरिकाले दाउ हेरेर बसेको छ ।’

भारतले पनि देउवालाई नचाहेको बताउँदै उनले गगन भन्दा शेखरको प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएको जिकिर गरे । ‘भारतको विश्वास पात्र शेखर हुन् । गगनभन्दा शेखरको सम्भावना त बढी छ तर सम्भव छैन् ।’, उनले भने, ‘कांग्रेसको महाधिवेशन पनि नजिकिदै जाँदा धेरै फ्याक्टरले काम गर्ने देखिन्छ । यसमा आरजु फ्याक्टरले काम गर्ने सम्भावना धेरै छ ।’ नेकपा बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले दशैं पछि आरजुको प्रधानमन्त्री बन्ने सम्भावना रहेको ठोकुवा गरे ।

‘आरजु अमेरिकाको मान्छे हो भन्ने प्रष्ट छ । देउवा र उनको विवाहको कुराले पनि यसलाई पुष्टि गर्छ ।’, उनले भने, ‘भारतले पनि आरजुलाई रुचाएको अस्तिको सम्मानले पुष्टि गरेको छ । त्यो भन्दा ठूलो कुरा देउवा अर्को पटक पार्टी सभापति बन्न नपाउने विधानको व्यवस्था छ । देउवाले गगन, शेखरभन्दा आरजुलाई उत्तरअधिकारी बनाउन चाहने कुरा भइहाल्यो । आरजुलाई पार्टी सभापति हुने योग्यता बनाउन पनि देउवा आरजुलाई प्रधानमन्त्री बनाउन तयार छन् । यो अमेरिकाको षड्यन्त्र योजना हो ।’

अमेरिकाले आरजुलाई प्रधामन्त्री बनाउँदा वा प्रधानमन्त्री बन्दा क्रान्तिकारी कम्युनिस्टका लागि प्रतिकुल हुने उनको भनाई थियो । ‘आरजु अमेरिकाको मान्छे हो । देउवा, ओली, प्रचण्डले नगरेको दमन आरजुले गर्ने हुनसक्छ ।’, उनले भने, ‘तर हामीले दमन हु्न्छ भनेर डराउने होइन् । प्रतिकारका लागि तयार बन्ने हो ।’ अमेरिकाले विश्वबाट कम्युनिस्टलाई निमिट्यान्ट पारेको हल्ला चलाइरहेका बेलामा नेपालमा एकीकृत जनक्रान्ति जन्मिएको बताउँदै यसले अमेरिकाको टाउको दुखाईको विषय बनेको उनको भनाई थियो ।

अमेरिकाले नेपालका कम्युनिस्टलाई सिध्याउन हरेक प्रकारका प्रयत्नहरु गरेको जिकिर गर्दै यसलाई आफूहरुले सफल हुन नदिने बताए । जति प्रयत्न गर्दा पनि कम्युनिस्टलाई सिध्यान नसकेपछि केही कम्युनिस्टलाई किनेको उनको दावि थियो । बैठकले राजनीतिक, संगठन, संघर्ष शीर्षकमा महत्वपूर्ण निर्णय गरेको छ । प्रकाण्ड आफैले अध्यक्षता रहेको बैठकमा नेकपा पोलिटब्युरो सदस्य माइला सी, सल्लाहकार राजेन्द्र सी लगायत जनवर्गीय संगठनका केन्द्रीय अध्यक्ष, प्रदेश इन्चार्ज तथा संयोजकहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali