काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दशैं लगत्तै ढल्ने ठोकुवा गरेका छन् । जनवर्गीय संगठन/मोर्चा बागमती प्रदेश समन्वय समितिको बैठकमा प्रशिक्षण मन्तव्य राख्दै उनले साम्राज्यवादले ओलीलाई प्रयोगमात्र गरेकाले ओली सरकार दशैंपछि ढल्ने ठोकुवा गरेका हुन् । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले ओलीलाई नरुचाएकाले पनि सरकार ढल्ने उनको भनाई थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध ओलीलाई प्रयोग गरेर सरकार ढालेको बताउँदै उनले ओली अमेरिकाको असली विश्वास पात्र नभएको ठोकुवा गरे । ‘नेपालमा अमेरिकाको असली दलाल गगन थापा हो । तर अहिले गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना छैन ।’,…