Skip to main content

Purbi Garjan

पाँचथरमा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु, ६ जना बेपत्ता

पाँचथर। पाँचथरमा बाढीपहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म ६ जना बेपत्ता र एक जनाको उद्धार गरिएको छ ।

पहिरोमा परी फिदिम ४ मा बसोबास गर्दै आएकी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोल्मा शेर्पा, फिदिम ८ का ८२ वर्षीया पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षीया रञ्जना राई र फिदिम १ का ५० वर्षीय गोपी नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए ।

फिदिम २ की मृतक रञ्जना राईका छोरा विपन राईलाई घाइते अवस्थामा उद्धार गरिएको उनको भनाइ छ । फालेलुङ– ५ की ३६ वर्षीया कमला राई, फिदिम–१ का कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती सरस्वती तुम्बापो बेपत्ता भएका छन् । फालेलुङ– ५ मा मात्रै बाढी पहिरोबाट ५ घर बगेका छन् ।

फालेलुङ– ६ र ५ लाई जोड्ने मुवा खोला पुल, फिदिम १ र ११ लाई जोड्ने फेमे खोला पुल, फिदिम ४ हिलिहाङ ७ लाई जोड्ने मेची राजमार्गको हेवा खोला पुल बाढीले बगाएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका र फिदिम नगरपालिकाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोले पु¥याएको क्षतिको यकिन विवरण सङ्कलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali