Purbi Garjan

पाँचथरमा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु, ६ जना बेपत्ता

Advertisement

पाँचथर। पाँचथरमा बाढीपहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म ६ जना बेपत्ता र एक जनाको उद्धार गरिएको छ ।

पहिरोमा परी फिदिम ४ मा बसोबास गर्दै आएकी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोल्मा शेर्पा, फिदिम ८ का ८२ वर्षीया पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षीया रञ्जना राई र फिदिम १ का ५० वर्षीय गोपी नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए ।

फिदिम २ की मृतक रञ्जना राईका छोरा विपन राईलाई घाइते अवस्थामा उद्धार गरिएको उनको भनाइ छ । फालेलुङ– ५ की ३६ वर्षीया कमला राई, फिदिम–१ का कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती सरस्वती तुम्बापो बेपत्ता भएका छन् । फालेलुङ– ५ मा मात्रै बाढी पहिरोबाट ५ घर बगेका छन् ।

फालेलुङ– ६ र ५ लाई जोड्ने मुवा खोला पुल, फिदिम १ र ११ लाई जोड्ने फेमे खोला पुल, फिदिम ४ हिलिहाङ ७ लाई जोड्ने मेची राजमार्गको हेवा खोला पुल बाढीले बगाएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका र फिदिम नगरपालिकाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोले पु¥याएको क्षतिको यकिन विवरण सङ्कलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित बुद्धशान्ति गाउँपालिका...
राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

बिर्तामोड। पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिवमा चयन भएका छन्। झापाको कन्काईमा सम्पन्न समाजको २७औँ वार्...
अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

धुलाबारी । झापाको धुलाबारीबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ...
झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेक...