पाँचथर। पाँचथरमा बाढीपहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म ६ जना बेपत्ता र एक जनाको उद्धार गरिएको छ । पहिरोमा परी फिदिम ४ मा बसोबास गर्दै आएकी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोल्मा शेर्पा, फिदिम ८ का ८२ वर्षीया पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षीया रञ्जना राई र फिदिम १ का ५० वर्षीय गोपी नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए । फिदिम २ की मृतक रञ्जना राईका छोरा विपन राईलाई घाइते अवस्थामा उद्धार गरिएको उनको भनाइ छ । फालेलुङ– ५ की ३६ वर्षीया कमला राई, फिदिम–१ का कृष्ण…
धुलाबारी । झापाको धुलाबारीमा हिजो शुक्रबारदेखि जारी नेपाल जेसिज क्षेत्र "क" को सम्मेलनबाट बाहुण्डाँगी जेसीजले शाखा र अध्यक्ष दुबै क्षेत्रमा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । धुलाबारीमा आयोजित २ दिने क्षेत्र "क" सम्मेलनको समापन समारोहको अवसरमा बाहुणडाँगी जेसीजका अध्यक्ष देवु बानियाँलाई अवार्ड सहित सम्मान गरिएको हो । समापन समारोहका सभापति नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भिम कुँवरले उत्कृष्टताको अवार्ड प्रदान गरे । बाहुण्डाँगी जेसीजले यो वर्ष हालसम्म ५० बढी कार्यक्रम सम्पन्न गरिसकेको छ । बाहुण्डाँगीले नेपाल जेसीजबाट हरेक महिना प्राप्त गर्ने इफिसियन्सी अवार्डसमेत आठौं महिनासम्म निरन्तर पाइरहेको छ । क्षेत्र भरका ४३ शाखा सम्मिलित सम्मेलनलाई धुलाबारी जेसीजले आयोजना गरेको थियो ।