Purbi Garjan

पुर्वी नाकामा आजबाट यात्रु सहायता कक्ष सञ्चालनमा

Advertisement

मेचीनगर । नेपालीहरुको महान चाड बडादशैँ , शुभ दिपावली एवम् छठ पर्वलाई लक्षित गरेर आजबाट झापाको पुर्वी नाका काकडभिट्टा सहित विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क ) सञ्चालनमा आएको छ।

यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ भने बुधबारे , विर्तामोड र दमकमा समेत नागरिक सहायता कक्ष राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। 

आज मंगलबार एक औपचारिक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन्। चाडपर्वको समयमा टाढा टाढाबाट आएर समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैलाई प्रारम्भिक जानकारी सहित सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क राखिएको हो ।


जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय संस्थासमेतको समन्वय र सहकार्यमा यात्रु सहायता कक्ष आजबाट सञ्चालनमा ल्याइएको हो ।

यात्राको क्रममा कुनै प्रकारको असहज महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न र सहयोग लिन समेत प्रहरीले अनुरोध गरेको छ ।

यात्रु सहायता कक्षको शुभारम्भ गर्दै झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले यात्रुहरुलाई ठगीबाट बच्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। हरेक स्थानको भाडा दर र समय तालिका यात्रु सहायता कक्षमा अनिवार्य राख्न र नागरिकहरुलाई सहजीकरण गर्न समेत उनले निर्देशन दिएका छन्।

कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दसैँ-तिहार र छठमा अभियानका साथ विशेष सुरक्षा योजना सुरु गरेको र यसमा सबैले समन्वय गरेर अगाडि बढ्न समेत आग्रह गरेका छन्।

साथै, चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटाले सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्दा सवारी दुर्घटना न्यूनिकरण हुन सक्ने बताए । उनले ट्राफिक नियमको पुर्ण पालना चालकले मात्रै नभएर यात्रुहरुले समेत गर्नुपर्नेमा जोड दिए।


कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी प्रालिका निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार सुवेदी, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलल, डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले गरेका थिए ।

सोहि अवसरमा सडक सुरक्षा र अनुशासन कायम राख्दै कुशल सवारी चालकको जिम्मेवारीमा इमान्दारिता साथ सवारी चलाउने लामो तथा छोटो दुरीका युरो यातायात डिलक्सका चालक मेचीनगर-६ का गोपाल पौडेल र नागरिक यातायातका चालक मेचीनगर-१० का विष्णु सार्कीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जुवा खेलिरहेका अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा, सेक्युरिटी गार्ड पक्राउ

जुवा खेलिरहेका अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा, सेक्युरिटी गार्ड पक्राउ

बिराटनगर । ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ । अलकत्रा स्टोर गरेको उर्लाबारी– ३ स्थ...
साठी प्लसको भवन बनाउन सहयोग गर्ने वडाध्यक्ष खनालको प्रतिवद्धता

साठी प्लसको भवन बनाउन सहयोग गर्ने वडाध्यक्ष खनालको प्रतिवद्धता

धुलाबारी। ज्येष्ठ नागरिकहरुको साझा संस्था साठी प्लस समाजले दसैं, तिहार, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार...
दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

प्रविण अधिकारी  झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले असोज ७ गते बिहान ३ बजेतिर प्रहार गरेको पेट्रोलबमबाट गम्भीर ...
मेचीनगर -८ मा दुर्गा मन्दिर निर्माण, दुर्गा प्रसाईंले उद्घाटन गर्ने

मेचीनगर -८ मा दुर्गा मन्दिर निर्माण, दुर्गा प्रसाईंले उद्घाटन गर्ने

मेचीनगर। झापाको मेचीनगर -८ सालघारी स्थित कञ्चनजङ्गा टोलमा जनसहभागिता र श्रमदानबाट दुर्गा मन्दिरको निर्माण सम्पन्न भएको छ। स्थान...