मेचीनगर । प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ । बहुवन सामुदायिक र पाँचपोखरी सामुदायिक वनको प्रायोजनमा भएको प्रतियोगिताको आयोजक जागृती युवा क्लब रहेको छ । बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा बहुवन सामुदायिक वन र कालिका सामुदायिक वनले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहुवनले शान्ति सामुदायिक वनलाई ३ – ० ले पछि पार्दै जित निकाल्न सफल भएको हो । खेलमा पुजन राईले २ र रुजन न्यौपानेले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बहुवनका पुजन राई भए । म्यान अफ म्याच हुने खेलाडीलाई जनही…
झापा । साइबर अपराध सम्बन्धि मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने अदालतले जनाएको छ। साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो । प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो।
मेचीनगर । नेपालीहरुको महान चाड बडादशैँ , शुभ दिपावली एवम् छठ पर्वलाई लक्षित गरेर आजबाट झापाको पुर्वी नाका काकडभिट्टा सहित विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क ) सञ्चालनमा आएको छ। यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ भने बुधबारे , विर्तामोड र दमकमा समेत नागरिक सहायता कक्ष राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। आज मंगलबार एक औपचारिक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन्। चाडपर्वको समयमा टाढा टाढाबाट आएर समस्यामा परेका यात्रु,…