Skip to main content

Purbi Garjan

सामुदायिक वन फुटबल : बहुवन र कालिकाको विजयी सुरुवात

मेचीनगर । प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।
बहुवन सामुदायिक र पाँचपोखरी सामुदायिक वनको प्रायोजनमा भएको प्रतियोगिताको आयोजक जागृती युवा क्लब रहेको छ ।
बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा बहुवन सामुदायिक वन र कालिका सामुदायिक वनले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा बहुवनले शान्ति सामुदायिक वनलाई ३ – ० ले पछि पार्दै जित निकाल्न सफल भएको हो । खेलमा पुजन राईले २ र रुजन न्यौपानेले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बहुवनका पुजन राई भए । म्यान अफ म्याच हुने खेलाडीलाई जनही १ हजार प्रदान गरिएको थियो ।

यसैगरी दोस्रो खेलमा कालिकाले नव ज्योति सामुदायिक वन बुद्धशान्तिलाई २ –० को गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच कालिका वनका रोहन सुब्बा भए । मंगलवारको पहिलो खेल मागुरमाडी सामुदायिक वन र प्रगती सामुदायिक वन तथा दोस्रो खेल हातेमालो सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन बिच हुने आयोजक जागृति युवा क्लबका सचिव अर्पण राईले बताए ।

फुटबल आयोजक समितिका अध्यक्ष भुवन थापा मगरको सभापतित्व तथा पाँचपोखरी सामुदायिक वनका अध्यक्ष चेतन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उपाध्यक्ष काजी मेचेले स्वागत गरेको कार्यक्रमको सन्चालन सहसचिव रमेश भट्टराईले गरेका थिए । २४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र पाउने छने भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले समेत नगद र ट्रफी पाउने आयोजक जागृति युवा क्लबका अध्यक्ष मित्र सारु मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali