Purbi Garjan

सामुदायिक वन फुटबल : बहुवन र कालिकाको विजयी सुरुवात

Advertisement

मेचीनगर । प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।
बहुवन सामुदायिक र पाँचपोखरी सामुदायिक वनको प्रायोजनमा भएको प्रतियोगिताको आयोजक जागृती युवा क्लब रहेको छ ।
बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा बहुवन सामुदायिक वन र कालिका सामुदायिक वनले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा बहुवनले शान्ति सामुदायिक वनलाई ३ – ० ले पछि पार्दै जित निकाल्न सफल भएको हो । खेलमा पुजन राईले २ र रुजन न्यौपानेले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बहुवनका पुजन राई भए । म्यान अफ म्याच हुने खेलाडीलाई जनही १ हजार प्रदान गरिएको थियो ।

यसैगरी दोस्रो खेलमा कालिकाले नव ज्योति सामुदायिक वन बुद्धशान्तिलाई २ –० को गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच कालिका वनका रोहन सुब्बा भए । मंगलवारको पहिलो खेल मागुरमाडी सामुदायिक वन र प्रगती सामुदायिक वन तथा दोस्रो खेल हातेमालो सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन बिच हुने आयोजक जागृति युवा क्लबका सचिव अर्पण राईले बताए ।

फुटबल आयोजक समितिका अध्यक्ष भुवन थापा मगरको सभापतित्व तथा पाँचपोखरी सामुदायिक वनका अध्यक्ष चेतन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उपाध्यक्ष काजी मेचेले स्वागत गरेको कार्यक्रमको सन्चालन सहसचिव रमेश भट्टराईले गरेका थिए । २४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र पाउने छने भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले समेत नगद र ट्रफी पाउने आयोजक जागृति युवा क्लबका अध्यक्ष मित्र सारु मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

मेचीनगर। झापाको मेचीनगर नगरपालिका - ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजन...
वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारीमा १५० भन्दा बढी किसानको सहभागिता, विप्लवले आत्मनिर्भर अर्थतन्त्रको आह्वान

वेलवारी, झापा – कृषि क्षेत्रको सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वेलवारीमा एक महत्वपूर्ण कृषक भेटघाट तथा अन्तरक्रिय...
इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ लाई

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस -११ ले जितेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल म...
पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभ...