Skip to main content

Purbi Garjan

मेचीनगर -८ मा दुर्गा मन्दिर निर्माण, दुर्गा प्रसाईंले उद्घाटन गर्ने

मेचीनगर। झापाको मेचीनगर -८ सालघारी स्थित कञ्चनजङ्गा टोलमा जनसहभागिता र श्रमदानबाट दुर्गा मन्दिरको निर्माण सम्पन्न भएको छ।

स्थानीय सरकारका तर्फबाट मेचीनगर वडा नम्बर -८ ले ५ लाख ९ हजार आर्थिक सहयोग गरेको र बाँकी झन्डै २० लाख माथि लागत रकम तथा जिन्सी सहयोग संकलन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए।

वि. सं. २०३५ सालमा २ कठ्ठा जमिनमा स्थानीय हरिबहादुर सुवेदी , विष्णुप्रसाद तिमल्सिना लगायतका अग्रजहरुको अगुवाइमा स्थापना गरिएको उक्त मन्दिर जीर्ण अवस्थामा पुगेपछि “सालघारी अनलाइन ग्रुप” बनाएर मन्दिर पुनर्निर्माण गरिएको निर्माण समितिका सचिव विकास भट्टराईले जानकारी दिए।

सालघारी जन्मथलो भई हाल विभिन्न स्थानमा रहेर कर्म गरिरहेका समाजसेवी व्यक्तिहरुको आर्थिक सहयोग र स्थानियहरुको श्रमदानले मन्दिर निर्माण सम्पन्न गरिएको समितिले जनाएको छ। दुर्गाको नयाँ मुर्तिमा प्राण प्रतिष्ठा गरेर अहिले नवरात्रीको समयमा पुजापाठ चलिरहेको छ।

मन्दिरमा स्थानीय समाजसेवी भरत थापाले १ लाख १५ हजार २ सय रुपैयाँ बराबरको दुर्गा माताको मुर्ति दान गरेको, समाजसेवी प्रेम घिमिरे/ दिपा पाण्डे (घिमिरे)ले २ लाख २२ हजार २ सय २२ रुपैयाँ बराबरको मन्दिर परिसरमा लाग्ने टायल्स सहयोग गरेको र समाजसेवी सुरेन्द्र सुवेदीले फलामे ग्रिल १ लाख २८ हजार ५०० बराबरको सहयोग गरेको समेत समितिले जानकारी दिएको छ।

मन्दिर उद्घाटन दुर्गा प्रसाईंले गर्ने

यही असोज २४ गते फुलपातीको अवसर पारेर मन्दिरको विधिवत उद्घाटन गरिने भएको छ। उक्त मन्दिर उद्घाटन मेडिकल व्यवसायी तथा  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का अभियान्ता दुर्गा प्रसाईंले गर्ने छन्,।

गैरराजनीतिक हिसाबले मन्दिर उद्घाटनको प्रमुख अतिथिका रुपमा दुर्गा प्रसाईंलाई आमन्त्रण गरिएको समितिले जनाएको छ।

यसअघि कथा वाचिका राधिका दासीलाई मन्दिर उद्घाटनको प्रमुख अतिथि बनाउने योजना रहेपनि उनले नभ्याउने भएपछि प्रसाईंलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको समेत समितिले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali