Skip to main content

Purbi Garjan

मेचीनगर -८ मा दुर्गा मन्दिर निर्माण, दुर्गा प्रसाईंले उद्घाटन गर्ने

मेचीनगर। झापाको मेचीनगर -८ सालघारी स्थित कञ्चनजङ्गा टोलमा जनसहभागिता र श्रमदानबाट दुर्गा मन्दिरको निर्माण सम्पन्न भएको छ।

स्थानीय सरकारका तर्फबाट मेचीनगर वडा नम्बर -८ ले ५ लाख ९ हजार आर्थिक सहयोग गरेको र बाँकी झन्डै २० लाख माथि लागत रकम तथा जिन्सी सहयोग संकलन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए।

वि. सं. २०३५ सालमा २ कठ्ठा जमिनमा स्थानीय हरिबहादुर सुवेदी , विष्णुप्रसाद तिमल्सिना लगायतका अग्रजहरुको अगुवाइमा स्थापना गरिएको उक्त मन्दिर जीर्ण अवस्थामा पुगेपछि “सालघारी अनलाइन ग्रुप” बनाएर मन्दिर पुनर्निर्माण गरिएको निर्माण समितिका सचिव विकास भट्टराईले जानकारी दिए।

सालघारी जन्मथलो भई हाल विभिन्न स्थानमा रहेर कर्म गरिरहेका समाजसेवी व्यक्तिहरुको आर्थिक सहयोग र स्थानियहरुको श्रमदानले मन्दिर निर्माण सम्पन्न गरिएको समितिले जनाएको छ। दुर्गाको नयाँ मुर्तिमा प्राण प्रतिष्ठा गरेर अहिले नवरात्रीको समयमा पुजापाठ चलिरहेको छ।

मन्दिरमा स्थानीय समाजसेवी भरत थापाले १ लाख १५ हजार २ सय रुपैयाँ बराबरको दुर्गा माताको मुर्ति दान गरेको, समाजसेवी प्रेम घिमिरे/ दिपा पाण्डे (घिमिरे)ले २ लाख २२ हजार २ सय २२ रुपैयाँ बराबरको मन्दिर परिसरमा लाग्ने टायल्स सहयोग गरेको र समाजसेवी सुरेन्द्र सुवेदीले फलामे ग्रिल १ लाख २८ हजार ५०० बराबरको सहयोग गरेको समेत समितिले जानकारी दिएको छ।

मन्दिर उद्घाटन दुर्गा प्रसाईंले गर्ने

यही असोज २४ गते फुलपातीको अवसर पारेर मन्दिरको विधिवत उद्घाटन गरिने भएको छ। उक्त मन्दिर उद्घाटन मेडिकल व्यवसायी तथा  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का अभियान्ता दुर्गा प्रसाईंले गर्ने छन्,।

गैरराजनीतिक हिसाबले मन्दिर उद्घाटनको प्रमुख अतिथिका रुपमा दुर्गा प्रसाईंलाई आमन्त्रण गरिएको समितिले जनाएको छ।

यसअघि कथा वाचिका राधिका दासीलाई मन्दिर उद्घाटनको प्रमुख अतिथि बनाउने योजना रहेपनि उनले नभ्याउने भएपछि प्रसाईंलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको समेत समितिले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali