Purbi Garjan

दिन: २०८१ आश्विन २०, आईतवार

दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

प्रविण अधिकारी  झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले असोज ७ गते बिहान ३ बजेतिर प्रहार गरेको पेट्रोलबमबाट गम्भीर घाइते भएका भारतीय नागरिक पद रायको शिलगुडीमा उपचारका क्रममा मृत्यु भएको छ। प्रसाईं समूहले झापा बिर्तामोड नगरपालिका- ६ को बुट्टाबारीमा आगजनी गरेको WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकमा पेट्रोल बम प्रहार गर्दा राय गम्भीर घाइते भएका थिए। झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको सो खाली ट्रकमा प्रसाईं समूहका व्यक्तिले रोकेर पेट्रोलबम प्रहार गरेको थियोे । स्रोतका अनुसार प्रसाईंको पारिवारिक आदेशमा ट्रकमा आगजनी गरिएको थियोे । पेट्रोलबम प्रहार हुनसाथ राय भाग्न खोजेपनि असफल भएको र ६०% बढी शरीर जलेको अवस्थामा उनलाई सुरक्षाकर्मीको टोलीले उद्वार…
Read More
मेचीनगर -८ मा दुर्गा मन्दिर निर्माण, दुर्गा प्रसाईंले उद्घाटन गर्ने

मेचीनगर -८ मा दुर्गा मन्दिर निर्माण, दुर्गा प्रसाईंले उद्घाटन गर्ने

मेचीनगर। झापाको मेचीनगर -८ सालघारी स्थित कञ्चनजङ्गा टोलमा जनसहभागिता र श्रमदानबाट दुर्गा मन्दिरको निर्माण सम्पन्न भएको छ। स्थानीय सरकारका तर्फबाट मेचीनगर वडा नम्बर -८ ले ५ लाख ९ हजार आर्थिक सहयोग गरेको र बाँकी झन्डै २० लाख माथि लागत रकम तथा जिन्सी सहयोग संकलन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए। वि. सं. २०३५ सालमा २ कठ्ठा जमिनमा स्थानीय हरिबहादुर सुवेदी , विष्णुप्रसाद तिमल्सिना लगायतका अग्रजहरुको अगुवाइमा स्थापना गरिएको उक्त मन्दिर जीर्ण अवस्थामा पुगेपछि "सालघारी अनलाइन ग्रुप" बनाएर मन्दिर पुनर्निर्माण गरिएको निर्माण समितिका सचिव विकास भट्टराईले जानकारी दिए। सालघारी जन्मथलो भई हाल विभिन्न स्थानमा रहेर कर्म गरिरहेका समाजसेवी…
Read More
ne_NPNepali