Skip to main content

Purbi Garjan

दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

प्रविण अधिकारी 

झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले असोज ७ गते बिहान ३ बजेतिर प्रहार गरेको पेट्रोलबमबाट गम्भीर घाइते भएका भारतीय नागरिक पद रायको शिलगुडीमा उपचारका क्रममा मृत्यु भएको छ।

प्रसाईं समूहले झापा बिर्तामोड नगरपालिका- ६ को बुट्टाबारीमा आगजनी गरेको WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकमा पेट्रोल बम प्रहार गर्दा राय गम्भीर घाइते भएका थिए।
झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको सो खाली ट्रकमा प्रसाईं समूहका व्यक्तिले रोकेर पेट्रोलबम प्रहार गरेको थियोे । स्रोतका अनुसार प्रसाईंको पारिवारिक आदेशमा ट्रकमा आगजनी गरिएको थियोे ।

पेट्रोलबम प्रहार हुनसाथ राय भाग्न खोजेपनि असफल भएको र ६०% बढी शरीर जलेको अवस्थामा उनलाई सुरक्षाकर्मीको टोलीले उद्वार गरेको थियोे ।

भारत इस्लामपुरका ४० वर्षीय रायको प्रारम्भीक उपचार विएण्डसी अस्पतालमा गरिएको थियोे । सुरक्षाका कारण भन्दै रायलाई थप उपचारका लागि भारत पठाइएको थियोे ।

सोही समूहले असोज ६ गते मध्यराति कनकाई नगरपालिका ८ को बिरिङपुलमा भारतीय नम्बर प्लेटको UP57AT4493 मालबाहक ट्रकमा समेत आगजनी गरेको थियो । सो ट्रकमा पेट्रोलबम प्रहार गर्दा भारत सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो समेत घाइते भएका थिए।

सो घटनामा सम्लग्न भएको आरोपमा झापा प्रहरीले असोज ८ र ९ गते नौ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ ) का झापा संयोजक भीम तुम्बापो लिम्बु , सहसचिव सुरेश चौधरी, हल्दिबारीका विवश लिम्बु , वीरबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बु , बुद्धशान्तिका बलिहाङ लिम्बु , अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत छन् । तुम्बापो हल्दिबारी र चौधरी बिर्तामोडका बासिन्दा हुन् । उनीहरु उपर आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali