Skip to main content

Purbi Garjan

दुर्गा प्रसाईं समुहको आगजनीबाट घाइते भएका ट्रक चालकको उपचारका क्रममा मृत्यु

प्रविण अधिकारी 

झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले असोज ७ गते बिहान ३ बजेतिर प्रहार गरेको पेट्रोलबमबाट गम्भीर घाइते भएका भारतीय नागरिक पद रायको शिलगुडीमा उपचारका क्रममा मृत्यु भएको छ।

प्रसाईं समूहले झापा बिर्तामोड नगरपालिका- ६ को बुट्टाबारीमा आगजनी गरेको WB73E3056 नम्बरको भारतीय मालबाहक ट्रकमा पेट्रोल बम प्रहार गर्दा राय गम्भीर घाइते भएका थिए।
झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको सो खाली ट्रकमा प्रसाईं समूहका व्यक्तिले रोकेर पेट्रोलबम प्रहार गरेको थियोे । स्रोतका अनुसार प्रसाईंको पारिवारिक आदेशमा ट्रकमा आगजनी गरिएको थियोे ।

पेट्रोलबम प्रहार हुनसाथ राय भाग्न खोजेपनि असफल भएको र ६०% बढी शरीर जलेको अवस्थामा उनलाई सुरक्षाकर्मीको टोलीले उद्वार गरेको थियोे ।

भारत इस्लामपुरका ४० वर्षीय रायको प्रारम्भीक उपचार विएण्डसी अस्पतालमा गरिएको थियोे । सुरक्षाका कारण भन्दै रायलाई थप उपचारका लागि भारत पठाइएको थियोे ।

सोही समूहले असोज ६ गते मध्यराति कनकाई नगरपालिका ८ को बिरिङपुलमा भारतीय नम्बर प्लेटको UP57AT4493 मालबाहक ट्रकमा समेत आगजनी गरेको थियो । सो ट्रकमा पेट्रोलबम प्रहार गर्दा भारत सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो समेत घाइते भएका थिए।

सो घटनामा सम्लग्न भएको आरोपमा झापा प्रहरीले असोज ८ र ९ गते नौ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ ) का झापा संयोजक भीम तुम्बापो लिम्बु , सहसचिव सुरेश चौधरी, हल्दिबारीका विवश लिम्बु , वीरबहादुर गुरुङ, खेमराज दाहाल, बिर्तामोडका उदय लिम्बु , बुद्धशान्तिका बलिहाङ लिम्बु , अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत छन् । तुम्बापो हल्दिबारी र चौधरी बिर्तामोडका बासिन्दा हुन् । उनीहरु उपर आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali