Skip to main content

Purbi Garjan

जुवा खेलिरहेका अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा, सेक्युरिटी गार्ड पक्राउ

बिराटनगर । ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ । अलकत्रा स्टोर गरेको उर्लाबारी– ३ स्थित तुम्रुकको फार्ममा जुवातास खेलाइरहेको सुचना पाएपछि गएराति प्रहरीले छापा मारेको हो ।

सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त गस्ती टोलीले छापा मारेको थियो । तर, प्रहरी टोलीलाई जुवाको अखडासम्म जान सेक्युरिटीले अवरोध गरेका छन् । प्रहरी टोली आएको खबर गरी सेक्युरिटीले जुवाडेहरूलाई भगाएका छन् । प्रहरीले सेक्युरिटी इन्चार्ज प्रतीक पाण्डे र अर्का सेक्युरिटी सन्तमान लिम्बुलाई पक्राउ गरेको छ ।

प्रहरीले जुवाडेले छाडेको ४ वटा मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको छ । प्र १ –०२–०५१ प २१८७ , को ३१ प ७१७६,प्र १–०२–०५५प ६२८२ ,को २९ प ८९१० नं को मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए । उनले जुवा खेल्ने र खेलाउनेको खोजी भइरहेको जानकारी दिए ।

यसअघि गत भदौ २९ गते राति मोरङको ग्रामथानमा जुवा खेल्दै गर्दा प्रहरी पुगेपछि तुम्रुक भाग्न सफल भएका थिए । त्यति बेला ९ जना जुवाडे पक्राउ परेका थिए । प्रहरीले उनको गाडी नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali