बिराटनगर । ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ । अलकत्रा स्टोर गरेको उर्लाबारी– ३ स्थित तुम्रुकको फार्ममा जुवातास खेलाइरहेको सुचना पाएपछि गएराति प्रहरीले छापा मारेको हो । सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त गस्ती टोलीले छापा मारेको थियो । तर, प्रहरी टोलीलाई जुवाको अखडासम्म जान सेक्युरिटीले अवरोध गरेका छन् । प्रहरी टोली आएको खबर गरी सेक्युरिटीले जुवाडेहरूलाई भगाएका छन् । प्रहरीले सेक्युरिटी इन्चार्ज प्रतीक पाण्डे र अर्का सेक्युरिटी सन्तमान लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेले छाडेको ४ वटा मोटरसाइकल…