Skip to main content

Purbi Garjan

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , पूर्वपश्चिम राजमार्ग तनावग्रस्त

विर्तामोड । झापाको कमल गाउँपालिका -५ रवि पेट्रोल पम्प स्थित पुर्वपश्चिम राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनावग्रस्त बनेको छ।

दमकबाट विर्तामोड तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माइ पाथीभरा बसले सोहि दिशातर्फ आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउपालिका -७ का अन्दाजी ५५ वर्षीय मुकारुम राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि ढुंगामुढा र आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठूलो भिड लागेको छ । भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। आधा घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।राजमार्ग अवरुद्ध भएपनि प्रहरीले वैकल्पिक मार्गबाट यातायात संचालन गरिरहेको छ ।

दुर्घटना पछि बसका चालक घेरादह नगरपालिका -१ का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali