Purbi Garjan

दिन: २०८१ कार्तिक ३, शनिबार

समाजवादका लागि माओवादीहरुको एकताले ०६४ साल जन्माउनु पर्छ : विप्लव

समाजवादका लागि माओवादीहरुको एकताले ०६४ साल जन्माउनु पर्छ : विप्लव

बसन्त विक चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादसम्म पुग्नका लागि सबै माओवादीहरुको एकताले नेपालमा ०६४ साल जन्माउनु पर्ने बताएका छन् । शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले समाजवादका लागि सबै माओवादीहरु एकताबद्ध भएर ०६४ साल जन्माउनु पर्ने बताएका हुन् । उनले भने‘समाजवादी गणतन्त्रका लागि माओवादी एकताबद्ध हुन्छ, कुनै स्वार्थ र कुर्सीका लागि हाेइन, ०५२ साल त नभनौ, ०६४ साल जन्मिन्छ, माओवादी सिधिएको छैन, चिहानबाट उठेर आउँछ ।’ महासविच विप्लवले सामान्तवादका नाइकेहरुलाई गलहत्याए जस्तै अहिलेका दलाल पुँजीवादका नाईकेहरुलाई गलहत्याएर नफालेसम्म नेपालमा जनताको सत्ता स्थापना नहुने जिकिर गरे ।…
Read More
विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

बसन्त विक  चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विप्लवले माओवादीहरुको एकताले पार्टीलाई ०६४ सालमा फर्काउन सकिने भनेको कुरामा खुसी व्यक्त गरेका छन । शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संगै सहभागी कार्यक्रममा माओवादीलाई ०६४ मा फर्काउन सकिने कुरा विप्लवले गरेकाले खुसी व्यक्त गरेका हुन । अध्यक्ष प्रचण्डले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको भन्दै माओवादीहरुको एकता अनिवार्य भएको बताए । उनले जनताको गणतन्त्र र दलालहरुको गणतन्त्र के बनाउने ? भन्ने विषयमा अहिले संघर्ष भइरहेको पनि बताए…
Read More
पालिया गंगा युवा समाजको दशैं म्युजिकल धमका, कमल र विश्वाससंगै झुमे दर्शक

पालिया गंगा युवा समाजको दशैं म्युजिकल धमका, कमल र विश्वाससंगै झुमे दर्शक

मेचीनगर । झापाको मेचीनगर ८ स्थित पालिया गंगा युवा समाजद्वारा विजय दशमीको अवसरमा आयोजित “दशैं म्युजिकल धमाका २०८१” सम्पन्न भएको छ । शुक्रबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा पुर्वको चर्चित गायक तथा संगीतकार कमल रसाइली र नेपाल आइडल सिजन ४ का टप पाँच विश्वास उप्रेतीको विश्वास एण्ड बेण्डको बेजोड प्रस्तुति रहेको थियो । उनीहरूले कार्यक्रममा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा कमल, विश्वाससंगै स्थानीय रूपेश पोख्रेललगायतका स्थानीय कलाकारहरूले गायन संगै नृत्य प्रस्तुति गरेका थिए । मेचीनगर नगरपालिकाकि उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । साँस्कृतिक कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमला, पुर्व अध्यक्ष विकेन्द्र धिमाल,…
Read More
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , पूर्वपश्चिम राजमार्ग तनावग्रस्त

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , पूर्वपश्चिम राजमार्ग तनावग्रस्त

विर्तामोड । झापाको कमल गाउँपालिका -५ रवि पेट्रोल पम्प स्थित पुर्वपश्चिम राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनावग्रस्त बनेको छ। दमकबाट विर्तामोड तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माइ पाथीभरा बसले सोहि दिशातर्फ आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउपालिका -७ का अन्दाजी ५५ वर्षीय मुकारुम राईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि ढुंगामुढा र आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठूलो भिड लागेको छ । भिडलाई नियन्त्रणमा लिन…
Read More
ne_NPNepali