Skip to main content

Purbi Garjan

समाजवादका लागि माओवादीहरुको एकताले ०६४ साल जन्माउनु पर्छ : विप्लव

बसन्त विक

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादसम्म पुग्नका लागि सबै माओवादीहरुको एकताले नेपालमा ०६४ साल जन्माउनु पर्ने बताएका छन् ।
शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले समाजवादका लागि सबै माओवादीहरु एकताबद्ध भएर ०६४ साल जन्माउनु पर्ने बताएका हुन् ।
उनले भने‘समाजवादी गणतन्त्रका लागि माओवादी एकताबद्ध हुन्छ, कुनै स्वार्थ र कुर्सीका लागि हाेइन, ०५२ साल त नभनौ, ०६४ साल जन्मिन्छ, माओवादी सिधिएको छैन, चिहानबाट उठेर आउँछ ।’

महासविच विप्लवले सामान्तवादका नाइकेहरुलाई गलहत्याए जस्तै अहिलेका दलाल पुँजीवादका नाईकेहरुलाई गलहत्याएर नफालेसम्म नेपालमा जनताको सत्ता स्थापना नहुने जिकिर गरे ।
उनले भने‘नेपालमा दलाल पुँजीपतिको सत्ता छ, यो किसान,मजुदर,महिला,दलित, मधेस,पहाडका जनताको सत्ता होइन, यो सहिद तथा बेपत्ता योद्धाहरुको सम्मान गर्ने सत्ता होइन, हामी जनताको सेवा गर्न चाहान्छौँ, जनताको सत्ता चाहान्छौ,एकचोटी एकताबद्ध हुने हो ।’

विप्लवले राति चमेराहरुले शासन गर्न खोजे जस्तै दलाल पुँजीपति वर्गले जनतामाथि अत्याचारको शासन गरेपनि त्यो धेरै दिन टिक्न सम्भव नहुने दावी गरे । उनले पछाडि फर्केर नभई अगाडि बढन पनि अपिल गरे ।

उनले कार्यक्रममा पटक –पटक माओवादी एकतालाई जोड दिए । उनले कुनै व्यक्तिगत स्वार्थ र कुर्सीका लागि नभई समाजवादी क्रान्ति र जनताको सत्ताका लागि माओवादीहरुको एकता जरुरी भएको बताए ।

महासचिव विप्लवले युक्रेन, प्यालेष्टायन,मध्यमपूर्व लगायका ठाउँहरुमा अमेरिकी साम्राज्यवाद तथा पुँजीवादले युद्ध थोपरिरहेको भन्दै नेपालमा पनि सैन्य अखडा राख्न खोजेको भन्दै कडा विरोध गरे । उनले कुनै पनि बहानामा अमेरिकी हस्तक्षेप नेपाली जनताले स्वीकार नगर्ने चेतावनी दिए ।

बेपत्ता योद्धा दण्डपाणी न्यौपानसहित करिव २ हजार योद्धाहरु राज्यले बेपता पारेको भन्दै विप्लवले भने ‘उनीहरु राज्यले बेपत्ता पारेपनि विचारले कहिल्यै बेपत्ता छैनन्,उनीहरुका सपना पूरा गर्ने हाम्रो चाहना छ, त्यो कुनैपनि मुल्यमा पुरा गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali