Purbi Garjan

समाजवादका लागि माओवादीहरुको एकताले ०६४ साल जन्माउनु पर्छ : विप्लव

बसन्त विक

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादसम्म पुग्नका लागि सबै माओवादीहरुको एकताले नेपालमा ०६४ साल जन्माउनु पर्ने बताएका छन् ।
शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले समाजवादका लागि सबै माओवादीहरु एकताबद्ध भएर ०६४ साल जन्माउनु पर्ने बताएका हुन् ।
उनले भने‘समाजवादी गणतन्त्रका लागि माओवादी एकताबद्ध हुन्छ, कुनै स्वार्थ र कुर्सीका लागि हाेइन, ०५२ साल त नभनौ, ०६४ साल जन्मिन्छ, माओवादी सिधिएको छैन, चिहानबाट उठेर आउँछ ।’

महासविच विप्लवले सामान्तवादका नाइकेहरुलाई गलहत्याए जस्तै अहिलेका दलाल पुँजीवादका नाईकेहरुलाई गलहत्याएर नफालेसम्म नेपालमा जनताको सत्ता स्थापना नहुने जिकिर गरे ।
उनले भने‘नेपालमा दलाल पुँजीपतिको सत्ता छ, यो किसान,मजुदर,महिला,दलित, मधेस,पहाडका जनताको सत्ता होइन, यो सहिद तथा बेपत्ता योद्धाहरुको सम्मान गर्ने सत्ता होइन, हामी जनताको सेवा गर्न चाहान्छौँ, जनताको सत्ता चाहान्छौ,एकचोटी एकताबद्ध हुने हो ।’

विप्लवले राति चमेराहरुले शासन गर्न खोजे जस्तै दलाल पुँजीपति वर्गले जनतामाथि अत्याचारको शासन गरेपनि त्यो धेरै दिन टिक्न सम्भव नहुने दावी गरे । उनले पछाडि फर्केर नभई अगाडि बढन पनि अपिल गरे ।

उनले कार्यक्रममा पटक –पटक माओवादी एकतालाई जोड दिए । उनले कुनै व्यक्तिगत स्वार्थ र कुर्सीका लागि नभई समाजवादी क्रान्ति र जनताको सत्ताका लागि माओवादीहरुको एकता जरुरी भएको बताए ।

महासचिव विप्लवले युक्रेन, प्यालेष्टायन,मध्यमपूर्व लगायका ठाउँहरुमा अमेरिकी साम्राज्यवाद तथा पुँजीवादले युद्ध थोपरिरहेको भन्दै नेपालमा पनि सैन्य अखडा राख्न खोजेको भन्दै कडा विरोध गरे । उनले कुनै पनि बहानामा अमेरिकी हस्तक्षेप नेपाली जनताले स्वीकार नगर्ने चेतावनी दिए ।

बेपत्ता योद्धा दण्डपाणी न्यौपानसहित करिव २ हजार योद्धाहरु राज्यले बेपता पारेको भन्दै विप्लवले भने ‘उनीहरु राज्यले बेपत्ता पारेपनि विचारले कहिल्यै बेपत्ता छैनन्,उनीहरुका सपना पूरा गर्ने हाम्रो चाहना छ, त्यो कुनैपनि मुल्यमा पुरा गर्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुकेस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उ...

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२...
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पु...

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे...
ne_NPNepali