Purbi Garjan

विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

Advertisement

बसन्त विक
 चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विप्लवले माओवादीहरुको एकताले पार्टीलाई ०६४ सालमा फर्काउन सकिने भनेको कुरामा खुसी व्यक्त गरेका छन ।

शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संगै सहभागी कार्यक्रममा माओवादीलाई ०६४ मा फर्काउन सकिने कुरा विप्लवले गरेकाले खुसी व्यक्त गरेका हुन ।

अध्यक्ष प्रचण्डले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको भन्दै माओवादीहरुको एकता अनिवार्य भएको बताए ।

उनले जनताको गणतन्त्र र दलालहरुको गणतन्त्र के बनाउने ? भन्ने विषयमा अहिले संघर्ष भइरहेको पनि बताए ।
उनले भने ‘आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा संघर्ष हुन्छ भनेको थिए । अव त्यो विन्दु आयो, आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्नेतिर लागौं ।’

उनले दण्डपाणी न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने बताईन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सबै माओवादीहरुसंग एकता जरुरी भएको बताए ।
कार्यक्रममा सामना सास्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

प्रविण अधिकारी विर्तामोड । झापाको विर्तामोडमा जनवादी कलाकारहरूले "समाजवादका लागि सामना सांस्कृतिक अभियान" अन्तर्गत जनचेतनामूलक प्...
नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्...
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत " सामना कन्सर्ट" हुने भएको छ। भोलि दिउ...
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा "चाराली म्युजिक फेस्ट २०२५ " आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमाल...