Skip to main content

Purbi Garjan

पालिया गंगा युवा समाजको दशैं म्युजिकल धमका, कमल र विश्वाससंगै झुमे दर्शक

मेचीनगर । झापाको मेचीनगर ८ स्थित पालिया गंगा युवा समाजद्वारा विजय दशमीको अवसरमा आयोजित “दशैं म्युजिकल धमाका २०८१” सम्पन्न भएको छ ।

शुक्रबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा पुर्वको चर्चित गायक तथा संगीतकार कमल रसाइली र नेपाल आइडल सिजन ४ का टप पाँच विश्वास उप्रेतीको विश्वास एण्ड बेण्डको बेजोड प्रस्तुति रहेको थियो । उनीहरूले कार्यक्रममा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कमल, विश्वाससंगै स्थानीय रूपेश पोख्रेललगायतका स्थानीय कलाकारहरूले गायन संगै नृत्य प्रस्तुति गरेका थिए ।


मेचीनगर नगरपालिकाकि उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । साँस्कृतिक कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमला, पुर्व अध्यक्ष विकेन्द्र धिमाल, वडासदस्य बिष्णु भट्टराई, कुन्दन निरौला, पुर्व वडासदस्य तथन समाजसेवी सन्तोष मेचे, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरी, लायन्स क्लब अफ मेचीनगर अध्यक्ष दिनेश पोख्रेल, नेकपा एमाले मेचीनगर ८ अध्यक्ष मिलन विश्वकर्मा, मेचीनगर प्रेस संयोजक युवराज आचार्य, युवा व्यवसायी ब्लाक एण्ड ह्वाइट टेलर्सका सञ्चालक गोपाल ताजपुरीयालगायतको अतिथिता रहेको थियो ।


पालिया गंगा युवा समाजका अध्यक्ष अर्जुन गौतमक‍ो अध्यक्षमा आयोजित उक्त कार्यक्रममा स्वागत पालिया गंगा युवा समाजका संरक्षक अर्जुन पोख्रेल (रेवन्तराज) पोख्रेलले गरेका थिए । कार्यक्रम सञ्चालन स्थानीय आयुसा पोख्रेल र विकास गौतमले संयुक्तरूपमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali