Skip to main content

Purbi Garjan

गाईघाटबाट काँकरभिट्टा आउदै गरेको बस सप्तरीमा दुर्घटना, १ जनाको मृत्यु

सप्तरी । उदयपुरको गाइघाटबाट झापाको काकडभिट्टा आउँदै गरेको बस दुर्घटनामा परेको छ। सप्तरीको बरमझियामा आज आइतबार बिहान करिब साढे ६ बजे बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, गाईघाटबाट काकरभिट्टा आउदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस पल्टिँदा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

घाइते २६ मध्ये, ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको छ, अन्य १८ जनाको उपचार धमेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २५ वर्षीय सुमित पण्डित पनि गम्भीर घाइते भएका छन् र उनलाई पनि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali