Purbi Garjan

दिन: २०८१ कार्तिक ४, आईतवार

डि एफसीलाई पराजित गर्दै ह्याप्पी क्लव सेमिफाइनलमा प्रवेश

डि एफसीलाई पराजित गर्दै ह्याप्पी क्लव सेमिफाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ह्याप्पी क्लव काँकरभिट्टाले विजयी सुरुवात गरेको छ । आज सम्पन्न खेलमा डि एफसी क्लब बाहुण्डाँगीलाई ४-२ गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लवले अन्तिम चारको यात्रा तय गरेको हो । इँटाभट्टा फुटबल क्लबको आयोजनामा मेचीनगर ८ स्थित शान्ती वन वटिका खेलमैदानमा सञ्चालन भइरहेको जिल्ला स्तरिय फुटवल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ । यसैगरी, विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् । प्रतियोगिताको सहआयोजक मेचीनगर ८ नम्बर…
Read More
मेचीनगरले ल्यायो तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम

मेचीनगरले ल्यायो तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम ल्याएको छ । तरकारी खेती प्रवर्द्धनका लागि नगरपालिकाले चालु आ.व. २०८१/८२ का लागि तरकारी पकेट विकास कार्यक्रम (कार्यविधि अनुसार कार्यान्वयन हुने गरि १२ लाख तथा आलु खेति प्रवर्द्धन कार्यक्रम (लागत सहभागिता २५ %) का लागि १५ लाख बजेट विनियोजन गरि कार्यक्रममा सहभागी हुन लक्षित वर्गलाई आह्वान गरेको छ । मेचीनगरको चालु आ.व. २०८१/८२ को स्वीकृत वार्षिक नगर विकास योजना अन्तर्गत प्रदेश तथा संघीय सशर्त अनुदान तर्फको २७ लाख बजेटबाट किसान तथा कृषि फर्महरूलाई आलु तथा तरकारी खेती तर्फ व्यवसायीकता गर्न कार्यक्रम अगाडि सारिएको मेचीनगर प्रमुख प्रशासकीय अधिकृत अग्नि…
Read More
मलद्वारमा ब्राउनसुगर बोकेका मैनाली काकडभिट्टाबाट पक्राउ

मलद्वारमा ब्राउनसुगर बोकेका मैनाली काकडभिट्टाबाट पक्राउ

काकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेपलान्चोकको साबिक गाविस भिमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका हुन् । गएराति ९ः३० बजे मेचीनगर– ६ पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका मैनालीलाई शङ्का लागेर शरीर तलासी लिँदा मलद्वारमा प्लास्टिकसहित १४ ग्राम ८५० मिलिग्राम र प्लास्टिकबाहेक १३ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
गाईघाटबाट काँकरभिट्टा आउदै गरेको बस सप्तरीमा दुर्घटना, १ जनाको मृत्यु

गाईघाटबाट काँकरभिट्टा आउदै गरेको बस सप्तरीमा दुर्घटना, १ जनाको मृत्यु

सप्तरी । उदयपुरको गाइघाटबाट झापाको काकडभिट्टा आउँदै गरेको बस दुर्घटनामा परेको छ। सप्तरीको बरमझियामा आज आइतबार बिहान करिब साढे ६ बजे बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, गाईघाटबाट काकरभिट्टा आउदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस पल्टिँदा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। घाइते २६ मध्ये, ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको छ, अन्य १८ जनाको उपचार धमेश्वर अस्पतालमा…
Read More
ne_NPNepali