Skip to main content

Purbi Garjan

मेचीनगरले ल्यायो तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम ल्याएको छ ।

तरकारी खेती प्रवर्द्धनका लागि नगरपालिकाले चालु आ.व. २०८१/८२ का लागि तरकारी पकेट विकास कार्यक्रम (कार्यविधि अनुसार कार्यान्वयन हुने गरि १२ लाख तथा आलु खेति प्रवर्द्धन कार्यक्रम (लागत सहभागिता २५ %) का लागि १५ लाख बजेट विनियोजन गरि कार्यक्रममा सहभागी हुन लक्षित वर्गलाई आह्वान गरेको छ ।

मेचीनगरको चालु आ.व. २०८१/८२ को स्वीकृत वार्षिक नगर विकास योजना अन्तर्गत प्रदेश तथा संघीय सशर्त अनुदान तर्फको २७ लाख बजेटबाट किसान तथा कृषि फर्महरूलाई आलु तथा तरकारी खेती तर्फ व्यवसायीकता गर्न कार्यक्रम अगाडि सारिएको मेचीनगर प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार आलु खेति प्रवर्द्धन कार्यक्रम मेचीनगर ७, १२,१४ र १५ नम्बर वडामा सञ्चालन गरिनेछ । यस कार्यक्रममा सहभागी हुन कम्तिमा ५ हेक्टरको क्लस्टर र क्लस्टरमा प्रति किसान कम्तिमा ५ क‌ट्ठा आलु लगाउनु पर्ने छ । त्यस्तै तरकारी पकेट विकास कार्यक्रमका लागि सबै वडाका कृषक, कृषक समूह, कृषि फर्म/कम्पनि तथा कृषि सहकारी संस्थाले सहभागीता जनाउन पाउने छन् । यस कार्यक्रमका लागि क्लस्टरमा कम्तिमा २० हेक्टर तरकारी बाली लगाईएको हुन पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali