Skip to main content

Purbi Garjan

डि एफसीलाई पराजित गर्दै ह्याप्पी क्लव सेमिफाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ह्याप्पी क्लव काँकरभिट्टाले विजयी सुरुवात गरेको छ । आज सम्पन्न खेलमा डि एफसी क्लब बाहुण्डाँगीलाई ४-२ गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लवले अन्तिम चारको यात्रा तय गरेको हो ।

इँटाभट्टा फुटबल क्लबको आयोजनामा मेचीनगर ८ स्थित शान्ती वन वटिका खेलमैदानमा सञ्चालन भइरहेको जिल्ला स्तरिय फुटवल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।

यसैगरी, विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।

प्रतियोगिताको सहआयोजक मेचीनगर ८ नम्बर वडा कार्यालय रहेको छ । प्रतियोगितामा आठ वटा टोलीले सहभागीता जनाएको आयोजक क्लबका अध्यक्ष मनकुमार लिम्बूले जानकारी दिए ।

अत्यन्तै रोचक बनिरहेको प्रतियोगिता अन्तर्गत चौथो दिन सोमबार (भोली) को खेल आयोजक र चन्द्रगढी क्लव बिच हुने आयोजक इँटाभट्टा फुटबल क्लबका सचिव रामकुमार गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali