Skip to main content

Purbi Garjan

दुर्घटना न्युनिकरणका लागि आजबाट झापासहित तीन जिल्लामा टाइमकार्ड लागू

काकडभिट्टा । पछिल्लो समय झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा अत्यधिक सवारी दुर्घटना बढेसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजबाट सार्वजनिक सवारीसाधनहरुमा टाइमकार्ड लागु गरिएको छ।

आज शनिबार बिहान झापाको मेचीनगर -६ स्थित पुर्वी नाका काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। उनले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण तथा हस्ताक्षर गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा शुरुआत गरिएको उक्त कार्यमा सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने प्रजिअ बास्तोलाले बताए । काकडभिट्टा बसपार्कबाट पश्चिम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानमा प्रस्थान गर्ने मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको ट्राफिक प्रहरी कार्यालय झापाका इन्चार्ज गणेश पोखरेलले बताए ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागु हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने समेत उनले जानकारी दिएका छन् । तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट पश्चिम तर्फ जाने सवारीसाधनलाई काँकडभिट्टा , बिर्तामोड र केर्खामा चेकिङ हुनेछ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको तारावारी , लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुने बताइएको छ।

टाइमकार्डअनुसार काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट र केर्खादेखि बेलबारी ३३ किलोमिटर ६० मिनेट समय तोकिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले सवारी दुर्घटना पछिल्लो समय अत्यधिक रुपले बढेको डाटाबेस सार्वजनिक गर्दै यसको न्युनिकरणका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।

उक्त कार्यक्रममा बस व्यवसायी , मजदुर संगठनका पदाधिकारी , बसका चालक, सह-चालक , लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali