Skip to main content

Purbi Garjan

दुर्घटना न्युनिकरणका लागि आजबाट झापासहित तीन जिल्लामा टाइमकार्ड लागू

काकडभिट्टा । पछिल्लो समय झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा अत्यधिक सवारी दुर्घटना बढेसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजबाट सार्वजनिक सवारीसाधनहरुमा टाइमकार्ड लागु गरिएको छ।

आज शनिबार बिहान झापाको मेचीनगर -६ स्थित पुर्वी नाका काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। उनले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण तथा हस्ताक्षर गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा शुरुआत गरिएको उक्त कार्यमा सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने प्रजिअ बास्तोलाले बताए । काकडभिट्टा बसपार्कबाट पश्चिम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानमा प्रस्थान गर्ने मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको ट्राफिक प्रहरी कार्यालय झापाका इन्चार्ज गणेश पोखरेलले बताए ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागु हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने समेत उनले जानकारी दिएका छन् । तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट पश्चिम तर्फ जाने सवारीसाधनलाई काँकडभिट्टा , बिर्तामोड र केर्खामा चेकिङ हुनेछ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको तारावारी , लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुने बताइएको छ।

टाइमकार्डअनुसार काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट र केर्खादेखि बेलबारी ३३ किलोमिटर ६० मिनेट समय तोकिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले सवारी दुर्घटना पछिल्लो समय अत्यधिक रुपले बढेको डाटाबेस सार्वजनिक गर्दै यसको न्युनिकरणका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।

उक्त कार्यक्रममा बस व्यवसायी , मजदुर संगठनका पदाधिकारी , बसका चालक, सह-चालक , लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali