Purbi Garjan

दिन: २०८१ मंसिर १५, शनिबार

दुर्घटना न्युनिकरणका लागि आजबाट झापासहित तीन जिल्लामा टाइमकार्ड लागू

दुर्घटना न्युनिकरणका लागि आजबाट झापासहित तीन जिल्लामा टाइमकार्ड लागू

काकडभिट्टा । पछिल्लो समय झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा अत्यधिक सवारी दुर्घटना बढेसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजबाट सार्वजनिक सवारीसाधनहरुमा टाइमकार्ड लागु गरिएको छ। आज शनिबार बिहान झापाको मेचीनगर -६ स्थित पुर्वी नाका काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। उनले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण तथा हस्ताक्षर गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन्।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा शुरुआत गरिएको उक्त कार्यमा सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने प्रजिअ बास्तोलाले बताए । काकडभिट्टा बसपार्कबाट पश्चिम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानमा प्रस्थान गर्ने मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी…
Read More
ne_NPNepali