Skip to main content

Purbi Garjan

अखिल (समाजवादी) को सहयोग संकलनमा स्ववियुको अवरोध, नसुध्रिए संघर्ष गर्ने चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको कार्यक्रममा स्ववियुले अवरोध गरेको छ। विर्तामोड स्थित इन्द्र चन्द्र क्याम्पसमा स्ववियुले अवरोध गरेको भन्दै संगठनका झापा अध्यक्ष डिपी सी ले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन्।

विप्लव निकट विद्यार्थी संगठनले अहिले युद्ध ग्रस्त गाजाका बालबालिका तथा विद्यार्थीहरुका लागि देशभर सहयोग संकलन गर्दै आएको छ। इजराइल र हमास वीच गाजा क्षेत्रमा विगत एक वर्ष देखि निरन्तर लडाइँ भइरहेको छ। युद्धको कारण ४५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। त्यसमा सबै भन्दा धेरै बालबालिका तथा विद्यार्थीहरु प्रभावित भएको छ। गाजा क्षेत्रका विद्यार्थी तथा बालबालिकाको अवस्था एकदमै पीडादायी रहेको छ।

त्यसै सन्दर्भमा, अखिल(समाजवादी)ले देश ब्यापी रुपमा क्याम्पस/कलेज/+२ मावि हरुमा गाजाका युद्ध बाट प्रभावित बालबालिका र विद्यार्थीको लागि राहत/सहयाेग संकलन अभीयान चलाई रहेको तर सोही अभियान/कार्यक्रम लाई झापा जिल्लाको विर्तामोड नगरपालिका स्थित इन्द्र चन्द्र क्याम्पसको स्ववियुले अवरोध गरेको हो ।

विद्यार्थीको हक अधिकार र विधार्थी संग सम्बन्धित तमाम बिषयको पक्षमा काम कारवाही गर्ने गरिमामय उद्देश्य बोकेको स्ववियु कै बदनाम हुनेगरी स्ववियुले गरेको निषेधात्मक र अवरोधपूर्ण निर्णयको संगठनले घोर भर्त्सना गरेको छ।

विज्ञप्तिमा भनिएको छ- “विद्यार्थी संगठनको गतिविधी लाई स्ववियुले रोक्ने हैसियत राख्दैन। त्यसकारण, हाम्रो संगठन लाई आफ्नो गतिविधी गर्न सहज वातावरण मिलाउन क्याम्पस प्रशासन लाई अनुरोध गर्दछौं। अन्यथा, हाम्रो संगठन क्याम्पस लाई कसैले मुठ्ठीमा राख्न खोज्ने प्रवृत्तिको विरुद्ध संघर्षमा उत्रने कुरा जानकारी गराउँदछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali