Skip to main content

Purbi Garjan

यातायात व्यवस्था कार्यालय झापाले प्रक्रिया मिलाएर गरेको अर्को भ्रष्टचार

झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक हजारौँ रुपैया असुल्ने गरेका छन् ।

सवारी अनुमति पत्र प्राप्तिका लागि सेवाग्राहीलाई भ्रममा पारी यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले कान्तिपुर भेइकल्सलाई फाइदाँ पुग्नेगरी २ देखी ३ घण्टासम्म ट्रायल नगर्ने गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका एक प्रहरीका अनुसार यसरी ट्रायल ढिलो गरेबापत कान्तिपुर भेइकल्सले यातायातका कर्मचारी र ट्राफिकका हाकिमलाई महिनामारी रकम बुझाउने गरेका छन् । त्यस्तै कान्तिपुरका एक पूर्व कर्मचारीको अनुसार हाजिर गर्ने र अन्य व्यवस्थापन मिलाउने बाहानामा कान्तिपुरका सञ्चालकहरुले ढिलासुस्ती गर्ने र उक्त समयमा परिक्षार्थीहरुलाई सिक्न समय दिएको भन्दै प्रति व्यक्ति ५ सय देखि १५ सय सम्म असुल्ने गरेको छन् ।

फागुन १८ गते स्कुटरको ट्रायल दिन गएकी चारआलीकी बिनिषा न्यैपाने विहानै कान्तिपुर भेइकल्स पुगिन । उनले तोकिएको समयमा ट्रायल शुरु नहुने बुझेपछि परिक्षा लिने ठाँउमै अभ्यास गर्न मिल्ने कुरा थाहा पाइन । त्यसको लागि १ हजार रुपैया तिरेर उनी ट्रायल स्पोटमा नपुग्दै उनको रसिद कान्तिपुरका कर्मचारीले लिए, त्यसपछि उनले ४ फन्को ट्रायलको अभ्यास गरिन । परिक्षाकै केहि समय अघि सोही ठाँउमा ट्रायल दिन पाँउने भएपछि जो केहीले तोकिएको मोटो रकम तिर्न तत्पर हुने बताउँदै उनले भनिन् ‘‘अभ्यासमा पास भएँ अब पास हुन्छुहोला” खुशी मुद्रामा उनले भनिन् ‘‘परिक्षाकै अगाडी यसरी सिक्न पाइन्छ भने एकको ठाँउमा २ हजार तिर्न पनि तयार थिएँ ।” तर प्रक्रिया मिलाएर उनीबाटै भ्रष्टचार गरिएको बिनिषालाई अनुभुति नै भएन ।

ट्रायल सेन्टरका कर्मचारी आयुस चुँडालले उक्त स्थानमा आधा घण्टा बाइक वा स्कुटर सिकेको ५ सय रुपँैया लाग्ने बताए । तर, ट्रायलको दिन ट्रायल हुन अघि भने ५ सय रुपैयामा ३ वा ४ फन्को मात्र घुमाउन पाउने नियम भएको चुँडालले बताए । उनले बताएको रकम बाइक र स्कुटरको लागि मात्र हो । कार तथा अन्य सवारीको लागि छुट्टै दररेट रहेको पाइएको छ । यातायातका कर्मचारी र ट्राफिक झापाको मिलेमतोमा कान्तिपुरले कति लुट मच्चाइरहेको छ भनि अनुमान लगाउन मात्र सकिने एक लेखापढि व्यवसायिले बताए ।

मिनि यातायातको रुपमा कान्तिपुर भेइकल्स कान्तिपुर भेइकल्स प्राइभेट कम्पनि हो । तर, यहाँ आउने जो केहीले सरकारी कार्यालयको अर्को विकृत रुप अनुभुति गर्ने गर्दछन् । यहाँको कर्मचारीको दादागिरीले आजित भइसकेको एक सेवाग्राहीले बताए । ट्रायल व्यवस्थित रुपमा गर्न भनि यातायातको आफ्नै जमिन र ट्रायल सेन्टर हुँदाहुँदै निःशुल्क स्थान व्यवस्थापन गर्ने भनि कान्तिपुरमा सारिएको भएतापनि कान्तिपुरले यसको गलत फाइदा लिइरहेको पाइएको छ । कान्तिपुर व्यवसायिक संस्था हो, उसको चासो नाफा कमाउने नै हो । तर जुन दिन ट्रायल हुन्छ वा यातायात सम्बन्धि कामको लागि सेवा ग्राही जान्छन् त्यो दिन त्यहाँका कर्मचारीहरुले यातायातको परिक्षा प्रक्रियामा कुनै हस्तक्षेप नगर्नुपर्ने हो । तर, यहाँ त्यस्तो देखिँदैन । कान्तिपुरको गेट छिर्नअघिबाट नै गार्डले आाफ्नो रवाफ देखाउछन् । गेट भित्र छिरेपछि कान्तिपुरका कर्मचारीको सेवाग्राहीमाथी हुने व्यवहार टिठलाग्दो रहेको पाइएको छ । यस विषयमा यातायात व्यवास्था कार्यालयका इन्चार्ज मेघराज वस्नेत आँफू नयाँ भएको भन्दै पन्छिए ।

यातायातकै कर्मचारीले मिलाउँछन् सेटिङ्ग सवारी चालक अनुमतिपत्रको लागि ट्रायल दिन आउने सेवाग्राहीलाई भ्रममा परि कान्तिपुर भेइकल्सलाई लाभ हुनेगरी परिक्षा ढिलो गराउने मूख्य भुमिका पदम बहादुर बुढाथोकी(अधिकृत छैटौँ) को रहेको पाइएको छ । उनले यातायातका कार्यालय प्रमूख तथा कर्मचारी र कान्तिपुर विच सेटिङ्ग मिलाउने गरेको एक अधिकृतले बताए । त्यस्तै यातायात व्यवस्था कार्यलयका प्रमूखले कार्यालयमा हुने कामहरु गर्न समेत विचौलियाबाट सेटिङ्ग मिलाउने गरेको बुझिएको छ । नाम नलेखिदिने सर्तमा एक विचौलियाले प्राविधिक काम, राज्वस्व तथा अन्य कामहरुमा यो वा त्यो बाहानामा कर्मचारीले सेवाग्राहि झुलाउने र विचौलिया मार्फत काम गराउँदा घुस पनि पाउँने र अख्तियारीबाट पनि पञ्छिन पाउने हुँदा यस्को सेटिङ्ग हाल कार्यालय प्रमूख पे्रम प्रसाद सापकोटा आँफैले गर्ने गरेको बताए ।

 

यसरी यातायात व्यवस्था कार्यालय मेचीको यो बिकृत अवस्थाको बारेमा जानकारी लिन कार्यलय प्रमूख पे्रम प्रसाद सापकोटाको अन्त्यमा ०२६४ भएको नम्बरमा पटक–पटक फोन गर्दा समेत उठेन । कार्यालयका सुचना अधिकृत रोशन बहादुर थापाले यो विषयमा धेरै जानकारी नभएको बताए । उनले अर्काको सेन्टरमा ट्रायल गरेपछि यस्तो समस्या आउनु नौलो नभएको बताए । साथै, विहान ७ः३० बाट नै हाजिरी शुरु हुने भन्दै विषयलाई बङ्गाउँदै हाकिमसँग समन्वय गरेर समस्या समाधानको लागि पहल गर्ने भन्दै पन्छिए । त्यस्तै कान्तिपुर भेइकल्सका सञ्चालक विशाल सुवेदीले पनि फोनको रेस्पोन्स गरेनन् । प्रयोगात्मक परिक्षा ट्रायलमा आएका जिल्ला ट्राफिक प्रहरीका कमाण्डर प्रहरी नायब निरिक्षक राजकुमार बस्नेतले पहिले–पहिले तोकिएकै समयमा ट्रायल हुने गरेको र उक्त दिन आँफू सरुवा भएर ड्युटीमा आएको पहिलो दिन भएकोले ढिलासुस्ती र सेटिङ्गको विषयमा खासै मेसो नपाएको बताए ।

यस विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले हाल आँफू काँठमाण्डौँ रहेको र मन्त्रालय फर्कनसाथ अनुगमनको लागि आँफै जाने तथा सुधारको लागि चेतावनी अथवा कार्वाही गर्ने बताउनुभयो । त्यस्तै यातायात र कान्तिपुर विचको सम्झौता भन्दा एक इन्ची पनि तलमाथी नहुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिने समेत मन्त्री भण्डारीले बताउँनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali