Skip to main content

Purbi Garjan

पाँचौं मेचीनगर गोल्डकपको सम्पूर्ण तयारी पूरा, उद्घाटन खेलमा आयोजक र जर्जियन एफसी खेल्ने

मेचीनगर। झापाको मेचीनगरमा फागुन २४ गते शनिबारदेखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज काँकरभिट्टा माविको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिँदै गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बिगत ६ बर्षदेखि सञ्चालन हुन नसकिरहेको गोल्डकपको पाँचौं संस्करण सफलता नजिक पुगेको बताए । उनले समग्र मेचीनगरको उत्साहजनक साथ र सहयोगका कारण गोल्डकप पुर्ण रूपमा सफल हुनेमा आफुहरू विश्वस्त रहेको जानकारी दिए ।

आयोजकले टिम व्यवस्थापन देखि खेल हेर्न आउने दर्शकहरूका लागि अस्थायी बासको प्यारापिटको उचित व्यवस्थापनलगायत खेल मैदानको कार्य सम्पन्न गरिसकेको बताउँदै उनले अब खेलाडीले खेल खेल्ने र दर्शकले फुटबल हेर्ने कार्य मात्रै बाँकी रहेको बताए ।

त्यस्तै समितिका सहसंयोजक तथा आर्थिक समिति संयोजक विमल आचार्यले प्रतियोगिता सम्पन्न गर्न सबैको साथ पर्याप्त रहेको जानकारी दिए । गोल्डकप सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यवसायी, मेचीनगर नगरपालिका, खेलकुद विकास समिति कोशी प्रदेश, संस्थापक सदस्यलगायतबाट आवश्यक साथ जुटेको कारण अनुमानि खर्च गर्न आर्थिक समस्या नरहेको उनको भनाइ छ ।

गोल्डकपको अघिल्लो संस्करण भन्दा अझ भव्य, र व्यवस्थित बनाउन आयोजक समिति लागि परिरहेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए । उनलेे करिब ६ हजार दर्शकले सहजरूपमा प्रतियोगिताको अवलोकन गर्न पाउने बताए ।

प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने भएको छ । दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २७ गते अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali