मेचीनगर। झापाको मेचीनगरमा फागुन २४ गते शनिबारदेखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज काँकरभिट्टा माविको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको बारेमा जानकारी दिँदै गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले बिगत ६ बर्षदेखि सञ्चालन हुन नसकिरहेको गोल्डकपको पाँचौं संस्करण सफलता नजिक पुगेको बताए । उनले समग्र मेचीनगरको उत्साहजनक साथ र सहयोगका कारण गोल्डकप पुर्ण रूपमा सफल हुनेमा आफुहरू विश्वस्त रहेको जानकारी दिए । आयोजकले टिम व्यवस्थापन देखि खेल हेर्न आउने दर्शकहरूका लागि अस्थायी बासको प्यारापिटको उचित व्यवस्थापनलगायत खेल मैदानको…
मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर व्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ६९ रन बनाएको थियोे । भद्रपुरका लागि सुमिरन राइले सर्वाधिक ११ बलमा २२ रन बनाए। त्यस्तै मनिष कर्माकारले ७ बलमा १८ तथा विष्णु कामतिले १२ बलमा१५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टिम भद्रपुर ६९ रनमै समेटिएको थियोे । बलिङतर्फ झापाका लागि विक्रम यादवले सर्वाधिक ४ विकेट लिए। त्यस्तै प्रविण…
मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक "हाम्रो मेचीनगर" प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको "हाम्रो मेचीनगर" पुस्तक छपाइका लागि भने बजेट विनियोजनमा गम्भीर लापरबाही गरेको पाइएको छ। स्थानीय शैक्षिक संस्थाहरू र पुस्तक प्रकाशनमा संलग्न व्यक्तिहरूले नगरपालिकासँग पटक–पटक अनुरोध र छलफल गरे पनि यो विषय बजेटमा समेटिएको छैन। नगरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम, इतिहास, कला, संस्कृति र अनुसन्धानमूलक विषयमा जानकारी दिने उद्देश्यले नगरपालिकाले अनिवार्य गरेको "हाम्रो मेचीनगर"…