Skip to main content

Purbi Garjan

केही फटाहाहरुले राजतन्त्रको सपना देख्छन, जनताले सुखी र स्वाधिन जिवनको सपना देख्छन

लोकतन्त्र भनिएको दलाल नियन्त्रीत तन्त्रले जनताको आकाक्षां पूरा गरेन । जनताको बितृस्णा लाई फटाहाहरुले राजतन्त्रको नारामा उराल्ने काम गरिरहेकाछन जसको कुनै तुक छैन |

जनताको आकाक्षां समाजवादी गणतन्त्रले पूरा गर्छ । गणतन्त्रको बिकल्प गणतन्त्र हो अरु हुनै सक्दैन भन्ने यथास्थितीवादीहरुको मतिले देश गंभिर दुर्घटनामा फंस्न सक्छ ।

त्यसैले, आंफुलाई कम्युनिस्ट दाबी गर्नेहरु वा लोकतान्त्रिक शक्ति भन्नेहरु नेपाललाई समाजवादी यात्रामा हिंडाउन तयार होउ । होइनभने तिमिहरुको बुद्धिले जनतालाई थेग्न सक्दैनौ । जनता थेग्नु कार्यकर्ता थेग्नु जस्तो कुरा होइन |

राजावादी कुरा गर्ने वा पछौटे मुद्धामा समाजलाई भ्रमीत गर्ने तत्वहरुले बुझे हुन्छ नेपालमा बिकल्प छ । नेपाल बिकल्प बिहिन भएर तिमिहरुले उचालिरहेको गैरजिम्मेवार, जनताबाट अश्विकृत बनिसकेको, हत्यारो राजतन्त्र कहिलै फर्किएर आंउदैन ।

नेपालमा समाजवादको बिकल्प छ । नेपालमा बिप्लवी बिकल्प छ । एकीकृत जनक्रान्तिले बलिदानको बाटो हिंडेर बिकल्प सुस्पस्ट गरिसकेको छ ।

समाज नंया मान्यता र समाजको खोजी गरिरहेको छ । समाजको प्रवृती जहिलै पनि हिजो भन्दा आज राम्रो र आज भन्दा भोलि राम्रो गर्ने हुन्छ । र, नेपाल समाजवाद खोजिरहेको छ । यस्तो बेला गणतन्त्रको बिकल्प अरु हुन सक्दैन भन्ने यथास्थितिवादीहरु सामाजिक अपराधी हुन । हिजो भन्दा आज राम्रो अवश्य हो । तर, आज भन्दा भोलि राम्रो बनाउने जनताको सपना रोक्नु अपराध हो ।

देश बिकल्प बिहिन छैन । प्रतिगामी र यथास्थितिवादीले हेक्का राख नेपालमा नेकपा होउन्जेल तिमिहरुका फोहोरी सपना वा आकांक्षा कहिलै पूरा हुने छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali