मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ताराबारी बोर्डर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बौद्धमोड क्रिकेट क्लब अघिल्लो चरण प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको ताराबारीले १५.४ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १०१ रन बनाएको थियोे । ताराबारीका लागि मासुम एमडिले सर्वाधिक २४ रन बनाए। उनले १२ बल खेल्दै २४ रन बनाएका हुन्। त्यस्तै रुपम एमडिले ११ बलमा १९ रन तथा सेहिल एमडिले १४ बलमा १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा ताराबारी १०१ रनमै अलआउट भएको थियोे । बलिङतर्फ…
काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल…
लोकतन्त्र भनिएको दलाल नियन्त्रीत तन्त्रले जनताको आकाक्षां पूरा गरेन । जनताको बितृस्णा लाई फटाहाहरुले राजतन्त्रको नारामा उराल्ने काम गरिरहेकाछन जसको कुनै तुक छैन | जनताको आकाक्षां समाजवादी गणतन्त्रले पूरा गर्छ । गणतन्त्रको बिकल्प गणतन्त्र हो अरु हुनै सक्दैन भन्ने यथास्थितीवादीहरुको मतिले देश गंभिर दुर्घटनामा फंस्न सक्छ । त्यसैले, आंफुलाई कम्युनिस्ट दाबी गर्नेहरु वा लोकतान्त्रिक शक्ति भन्नेहरु नेपाललाई समाजवादी यात्रामा हिंडाउन तयार होउ । होइनभने तिमिहरुको बुद्धिले जनतालाई थेग्न सक्दैनौ । जनता थेग्नु कार्यकर्ता थेग्नु जस्तो कुरा होइन | राजावादी कुरा गर्ने वा पछौटे मुद्धामा समाजलाई भ्रमीत गर्ने तत्वहरुले बुझे हुन्छ नेपालमा बिकल्प छ । नेपाल बिकल्प बिहिन भएर तिमिहरुले उचालिरहेको…
झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज दोस्रो दिनको खेल सञ्चालन हुँदैछ । आज चर्च ब्वाइज युनाइटेडले झापा एफसीको सामना गर्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसीको रोमाञ्चक भिडन्त हुने छ । आयोजकले प्रतियोगितामा दुवै टिम सशक्त रहेका कारण आजको खेल अत्यन्तै प्रतिष्पर्धात्मक रहने विश्वास लिइएको जनाएको छ । यश अघि उद्घाटन खेलमा शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाहुना टोली भारतको जर्जियन एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको…