Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडद्वारा ताराबारी ७ विकेटले पराजित

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा ताराबारी बोर्डर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बौद्धमोड क्रिकेट क्लब अघिल्लो चरण प्रवेश गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको ताराबारीले १५.४ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १०१ रन बनाएको थियोे । ताराबारीका लागि मासुम एमडिले सर्वाधिक २४ रन बनाए। उनले १२ बल खेल्दै २४ रन बनाएका हुन्। त्यस्तै रुपम एमडिले ११ बलमा १९ रन तथा सेहिल एमडिले १४ बलमा १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा ताराबारी १०१ रनमै अलआउट भएको थियोे ।

बलिङतर्फ बौद्धमोडका लागि अमन विश्वकर्माले सर्वाधिक ४ विकेट लिए। त्यस्तै रमजन राई र भोला रोयले समान २/२ विकेट हात पारे भने प्रवेश अधिकारी र गगन शोहनीले समान १/१ विकेट हात पारे ।

१०२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बौद्धमोडले १५.५ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । बौद्धमोडका लागि सागर रिजालले नटआउट २७ बलमा ३२ रन बनाए भने भोला रोयले १५ बलमा २७ रन, सागर रिजालले १९ बलमा २१ रन तथा रमजन एमडिले १४ बलमा १० रन बनाएका थिए।

यता बलिङतर्फ ताराबारीकाराजु सन्थालले २ तथा गान्धीले १ विकेट हात पार्न सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच बौद्धमोडका अमन विश्वकर्मा घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले ४ विकेट लिएका थिए।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali