Skip to main content

Purbi Garjan

मेचीनगर गोल्डकप : झापालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए ।

यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गर्न सफल भए पनि सुरजज्यू ठकुरीको प्रहार झापाका गोलरक्षक कृशल मोक्तानले बचाए । झापाका रोशन पहारी, प्रविन बस्नेत, बाफोर र गौरब धिमालले प्रहार गोल भएको थियो भने अभिनास स्याङ्तानको प्रहार बाहिरिएको थियो ।

खेलको ६९ औँ मिनेटमा चर्च व्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गर्दै अग्रता दिलाएका थिए । अबयोमि फकुन्लेले पेनाल्टी एरियामा दिएको पासमा झापाका २ जना डिफेन्डरलाई बिट गर्दै उनले सुन्दर गोल गरेका थिए ।
खेलको ९० औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । चर्च व्वाइजका डिफेन्डरबाट रिबाउन्स भएको बललाई मुर्मुले वान टचमा गोल गर्न सफल भए ।

खेलको १६ औँ मिनेटमा झापा एफसीका धिरज विष्टको प्रहारलाई चर्च व्वाइजका गोलरक्षक टेकन्द्र थापाले बचाए । १९ औँ मिनेटमा झापाका प्रविन बस्नेतको प्रहारले गोलपेष्टको दिशा लिन सकेन । २१ औँ मिनेटमा झापाकै विदेशी खेलाडी फैजलको प्रहार पोल नजिकैबाट बाहिरियो । २७ औँ मिनेटमा चर्च व्वाइजका विदेशी खेलाडी सर्जे डिकाको प्रहार पोष्ट नजिकबाट बाहिरियो । २८ औँ मिनेटमा झापाका कप्तान आर्यन राईको प्रहारले पनि पोष्टमाथिबाट बाहिररियो । ३२ औँ मिनेटमा झापाली कप्तान आर्यान राई घाइते भएपछि श्याम मुर्मुलाई कप्तानको जिम्मेवारी दिइएका थियो । ३४ औँ मिनेटमा झापाकाा अभिशेक स्याङतानको प्रहार चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले उत्कृट बचाउ गरे । खेलको ३९ औँ मिनेटमा चर्च व्वाइजले पाएको फ्रि किकले समेत गोलको दिशा लिन सकेन । पहिलो हाफको खेलमा दुबै टिमले मौका पाए पनि गोल गर्न चुके ।

खेलको ५० औँ मिनेटमा चर्च व्वाइजका सुरजज्यू ठकुरीको कर्नर प्रहार पनि विफल भयो । खेलको ७२ औँ मिनेटमा चर्च व्वाइजले खेललाई दोब्बर बनाउने मौका पाए पनि चुक्यो ।
खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमवारको खेल धरान एफसी र उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीबीच हुनेछ ।

खेलपछि विजेता चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको खेल पस्किन नसकेको बताए । उनले व्यस्त खेल तालिकाका कारण खेलाडीहरु थाकेकाले चाहेजस्तो प्रर्दशन हुन नसकेको बताए ।

त्यस्तै झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एनएसएलको तयारीका लागि केही खेलाडी मात्र मैदानमा उतारेको बताए । उनले पूर्ण टिम भएको भए नतिजा अर्कै हुने दावी गरे ।
प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टिम सहभागी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali