Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :विर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा विर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै पेनोरिस -११ सेमिफाइनल प्रवेश गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल ठाकुरले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा ५६ रन बनाएका हुन्। त्यस्तै सिन्टु देवले १९ रन, करनजित रोयले १७ रन तथा बोनम अलि खान र अनुज रोयले समान १२ रन बनाए।

बलिङतर्फ विर्तामोडका लागि ज्ञानु श्रेष्ठले सर्वाधिक ५ विकेट लिए। उनले कसिलो बलिङ गर्दै ४ ओभरमा २५ रन दिएर ५ विकेट लिएका हुन्। त्यस्तै विर्तामोडका लागि विक्रम यादवले २ तथा दिपु चौधरी , समीर चौधरी र अर्पन कोइरालाले समान १/१ विकेट हात पारे ।

१४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विर्तामोडले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सक्यो । विर्तामोडले २५ रनको हार बेहोर्न बाध्य भयो । विर्तामोडका लागि भुपेस बजगाइँले सर्वाधिक ३३ रन बनाए। त्यस्तै विर्तामोडका लागि एलिस मण्डलले १९, समीर चौधरीले १७, ज्ञानु श्रेष्ठले १२ तथा सिवन्स बजगाइँले ११ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा विर्तामोडले हार बेहोर्न पुग्यो ।

यता बलिङतर्फ पेनोरिसका लागि बोनाम अलि खानले सर्वाधिक ४ विकेट लिए भने राकेश बर्माले ३ तथा करणजित रोय, अनुज रोय र देवाशिस मिथेले समान १/१ विकेट लिएका थिए। प्रतियोगिताको म्यान अफ द म्याच पेनोरिसका बोनाम अलि खान घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले बलिङतर्फ ४ विकेट लिएका थिए भने ब्याटिङतर्फ १२ रन प्रहार गरेका थिए। भोलिको खेल थण्डर -११ र दमक क्रिकेट क्लबबिच बिहान १० बजेशुरु हुनेछ ।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali