Skip to main content

Purbi Garjan

बाहुन्डाँगी युवा क्लबद्वारा प्रथम बाहुन्डाँगी च्यालेन्ज कप आयोजना हुँदै

झापा । बाहुन्डाँगी युवा क्लबको आयोजनामा यही वैशाख १३ गतेदेखि बाहुन्डाँगी च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। मेचीनगर -४ स्थित सरस्वती माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

क्लबका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य, युवा जागरण, बालबालिका तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । क्लबले महिला, दलित, पिछडिएको वर्ग तथा स्थानीय युवाहरूलाई फुटबल तथा अन्य सामाजिक गतिविधिमा सक्रिय गराउँदै आएको छ।

प्रतियोगिताको पहिलो पुरस्कार रु. १,११,१११, र दोस्रो पुरस्कार रु. ६१,००१ रहेको  छ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उच्च गोलकर्तालाई जनही रु. ५,००० पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिताको सह – आयोजक बाहुण्डाँगी जेसीज र आरआरटी टिम रहेको छ भने पुरस्कार प्रायोजन विद्या विकास एकेडेमीले गरेको आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि ११ लाख २२ हजार अनुमानित रकम लाग्ने तथा १६ लाख रुपैयाँ संकलन गर्ने योजना रहेको क्लबले जनाएको छ।

प्रतियोगितामा भारतका २ क्लबसहित ८ वटा क्लबहरूको सहभागिता रहने छ। जसमा रेडहर्स एफसी इलाम, के.एफसी सिलिगुडी (भारत), धाइजन एफसी, ब्रदर्श युनाइटेड एफसी, शनिश्चरे एफसी – झापा, जहदा एफसी मोरङ, आयोजक बाहुण्डाँगी युवा क्लब, र रथखोला फुटबल एकेडेमी नक्सालबारी भारत रहेका छन्। प्रतियोगिताको उद्घाटन खेल रेडहर्स इलाम र केएफसी सिलगुढीबीच हुनेछ।

यस प्रतियोगितालाई सफल बनाउन मेचीनगर-४ वडा कार्यालय, विभिन्न संघसंस्था र फुटबल संघको सहयोग रहने बताइएको छ। क्लबका सचिव नीरज राई र अध्यक्ष जीवन कुमार दर्जीले सबैलाई सहयोगका लागि आह्वान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali