झापा । बाहुन्डाँगी युवा क्लबको आयोजनामा यही वैशाख १३ गतेदेखि बाहुन्डाँगी च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। मेचीनगर -४ स्थित सरस्वती माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । क्लबका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य, युवा जागरण, बालबालिका तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । क्लबले महिला, दलित, पिछडिएको वर्ग तथा स्थानीय युवाहरूलाई फुटबल तथा अन्य सामाजिक गतिविधिमा सक्रिय गराउँदै आएको छ। प्रतियोगिताको पहिलो पुरस्कार रु. १,११,१११, र दोस्रो पुरस्कार रु. ६१,००१ रहेको छ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उच्च गोलकर्तालाई…
प्रविण अधिकारी झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ की सम्झना जवेगुकी दुई महिनाकी छोरी सुयना जवेगुलाई मस्तिष्क र फोक्सोमा समस्या देखिएपछि वैशाख ४ गते विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ। तर आर्थिक अभावका कारण उनको उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। बालिकाको आमा सम्झना जवेगुका अनुसार अस्पताल प्रशासनले उपचार अघि तुरुन्तै एक लाख रुपैयाँ बुझाउनुपर्ने माग गर्दै, रकम नबुझाएमा डिस्चार्ज गर्न चेतावनी दिएको छ। “छोरी टुलुटुलु हेरेर छटपटाइरहेकी छ, तर उपचार गराउन हामीसँग पैसा छैन,” उनले भनिन्। जवेगु परिवार अहिले आर्थिक अभावका कारण तनावमा छन् र छोरीको जीवन रक्षाका लागि सहयोगको अपील गरेका छन्। सहयोग गर्न इच्छुक व्यक्तिहरूले सिधै परिवारसँग सम्पर्क…