Skip to main content

Purbi Garjan

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ।

नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन्।

विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन्।

उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक, खेल प्रशिक्षक, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

वडाध्यक्ष ओलीले झापा नेशनल स्कूल पढाइसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा समेत अब्बल भएको बताउँदै विद्यालयको सफलताका लागि निरन्तर योगदान दिन आग्रह गरे।

विद्यालयका फाउण्डर प्रिन्सिपल कमल भेटवालले यो सफलता विद्यार्थी, प्रशिक्षक, अभिभावक र विद्यालयको संयुक्त प्रयासको नतिजा भएको बताए। उनले विद्यालयले शिक्षासँगै अतिरिक्त गतिविधिमा पनि विशेष ध्यान दिइरहेको उल्लेख गरे।

यसै प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै मेचीनगर–७ कै छवि भट्टराईले कातामा स्वर्ण र कुमुतेमा कास्य, तथा रोहित श्रेष्ठले कुमुतेमा स्वर्ण पदक जितेका थिए। यस ऐतिहासिक प्रदर्शनका कारण नेपाल दोस्रो स्थानमा रहन सफल भयो।

प्रतियोगितामा नेपालको अफिसियल टोलीमा विष्ण मोते, सञ्जीत मोहली, हेमन्त सुवेदी, मदन भण्डारी, रूद्र सिलवाल, चन्द्रबहादुर राई तथा टिम मेनेजर रोनक थापा सहभागी थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali