Purbi Garjan

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ।

नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन्।

विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन्।

उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक, खेल प्रशिक्षक, सञ्चारकर्मी र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

वडाध्यक्ष ओलीले झापा नेशनल स्कूल पढाइसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा समेत अब्बल भएको बताउँदै विद्यालयको सफलताका लागि निरन्तर योगदान दिन आग्रह गरे।

विद्यालयका फाउण्डर प्रिन्सिपल कमल भेटवालले यो सफलता विद्यार्थी, प्रशिक्षक, अभिभावक र विद्यालयको संयुक्त प्रयासको नतिजा भएको बताए। उनले विद्यालयले शिक्षासँगै अतिरिक्त गतिविधिमा पनि विशेष ध्यान दिइरहेको उल्लेख गरे।

यसै प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै मेचीनगर–७ कै छवि भट्टराईले कातामा स्वर्ण र कुमुतेमा कास्य, तथा रोहित श्रेष्ठले कुमुतेमा स्वर्ण पदक जितेका थिए। यस ऐतिहासिक प्रदर्शनका कारण नेपाल दोस्रो स्थानमा रहन सफल भयो।

प्रतियोगितामा नेपालको अफिसियल टोलीमा विष्ण मोते, सञ्जीत मोहली, हेमन्त सुवेदी, मदन भण्डारी, रूद्र सिलवाल, चन्द्रबहादुर राई तथा टिम मेनेजर रोनक थापा सहभागी थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेपालले जित्यो युनिटी कप टी–२० शृङ्खला

झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सक...

आज महाअष्ठमी : महागौरीको पूजाआजा गरिँदै

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिव...

पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

झापा, १३ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रम...

आज घरघरमा फूलपाति भित्र्याइँदै

झापा, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसा...
ne_NPNepali