झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ। नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन्। विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन्। उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक,…