Skip to main content

Purbi Garjan

ताप्लेजुङमा पहिरो जाँदा पाँच घाइते, १ को अवस्था गम्भीर

ताप्लेजुङ — ताप्लेजुङको सिदिङबा गाउँपालिका–५, आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्।

स्थानीय हस्तबहादुर कटुवालको घरमा गएको राति करिब १ बजेतिर पहिरो खस्दा उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। अन्य चार जना परिवारका सदस्य सामान्य घाइते भएका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए।

वडाध्यक्ष खत्रीका अनुसार कुलोमा बगेको पानी थुनिँदा खेत हुँदै पहिरो खसेर घरमा ठोक्किएको थियो। पहिरोले घर पुरिएपछि छेउको मतानमा सुतेका छोराबुहारीले तत्कालै आमाबुबाको उद्धार गरेका थिए।

घाइतेमध्ये घरमालिक हस्तबहादुर कटुवाल, छोरा जगत कटुवाल, बुहारी सरस्वती कटुवाल र छोरी सम्झना कटुवाललाई सामान्य चोट लागेको जनाइएको छ।

गम्भीर घाइते ठगमायाको थप उपचारका लागि एम्बुलेन्स बोलाइएको भए पनि पहिरो गएको सात घण्टासम्म पनि उद्धार हुन नसकेको स्थानीय मौसम सेलिङ लिम्बूले जानकारी दिए।

उनका अनुसार सिदिङबा गाउँपालिका–१ स्थित केन्द्र साब्लाखुबाट एम्बुलेन्स बोलाइएको हो। तर, घटनास्थलसम्म पुग्न आधा घण्टा लाग्ने भए पनि एम्बुलेन्स अहिलेसम्म नपुगेको गुनासो छ।

स्थानीयवासीका अनुसार राति वर्षा नभए पनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएपछि पानी खेतबारीमा पस्दा पहिरो गएको हो।

हाल घटनास्थलमा साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलनको कार्य थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali