Skip to main content

Purbi Garjan

ताप्लेजुङमा पहिरो जाँदा पाँच घाइते, १ को अवस्था गम्भीर

ताप्लेजुङ — ताप्लेजुङको सिदिङबा गाउँपालिका–५, आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्।

स्थानीय हस्तबहादुर कटुवालको घरमा गएको राति करिब १ बजेतिर पहिरो खस्दा उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन्। अन्य चार जना परिवारका सदस्य सामान्य घाइते भएका वडाध्यक्ष रत्नबहादुर खत्रीले जानकारी दिए।

वडाध्यक्ष खत्रीका अनुसार कुलोमा बगेको पानी थुनिँदा खेत हुँदै पहिरो खसेर घरमा ठोक्किएको थियो। पहिरोले घर पुरिएपछि छेउको मतानमा सुतेका छोराबुहारीले तत्कालै आमाबुबाको उद्धार गरेका थिए।

घाइतेमध्ये घरमालिक हस्तबहादुर कटुवाल, छोरा जगत कटुवाल, बुहारी सरस्वती कटुवाल र छोरी सम्झना कटुवाललाई सामान्य चोट लागेको जनाइएको छ।

गम्भीर घाइते ठगमायाको थप उपचारका लागि एम्बुलेन्स बोलाइएको भए पनि पहिरो गएको सात घण्टासम्म पनि उद्धार हुन नसकेको स्थानीय मौसम सेलिङ लिम्बूले जानकारी दिए।

उनका अनुसार सिदिङबा गाउँपालिका–१ स्थित केन्द्र साब्लाखुबाट एम्बुलेन्स बोलाइएको हो। तर, घटनास्थलसम्म पुग्न आधा घण्टा लाग्ने भए पनि एम्बुलेन्स अहिलेसम्म नपुगेको गुनासो छ।

स्थानीयवासीका अनुसार राति वर्षा नभए पनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएपछि पानी खेतबारीमा पस्दा पहिरो गएको हो।

हाल घटनास्थलमा साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलनको कार्य थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali