Skip to main content

Purbi Garjan

सर्पको टोकाइबाट घाँस काट्न गएकी महिलाको मृत्यु

सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–१ मध्याहर्षाहीमा घाँस काट्न बारीमा गएकी एक महिलाको सर्पदंशका कारण मृत्यु भएको छ।

मृतक ५५ वर्षीया कल्सी मेहता मंगलबार साँझ करिब ६:३० बजे आफ्नै बारीमा घाँस काट्ने क्रममा विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेको केही समयमै अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गरिएको थियो। तर, अस्पताल पुर्‍याउनु अघि नै बाटोमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

स्थानीयवासीका अनुसार बारी आसपासका क्षेत्र पहिले पनि सर्प देखिने क्षेत्रका रूपमा चिनिएको भए पनि यस्तो दुर्घटना यसअघि भने भएको थिएन। घटनापछि गाउँमा शोकको वातावरण छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali