Skip to main content

Purbi Garjan

सर्पको टोकाइबाट घाँस काट्न गएकी महिलाको मृत्यु

सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–१ मध्याहर्षाहीमा घाँस काट्न बारीमा गएकी एक महिलाको सर्पदंशका कारण मृत्यु भएको छ।

मृतक ५५ वर्षीया कल्सी मेहता मंगलबार साँझ करिब ६:३० बजे आफ्नै बारीमा घाँस काट्ने क्रममा विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेको केही समयमै अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गरिएको थियो। तर, अस्पताल पुर्‍याउनु अघि नै बाटोमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

स्थानीयवासीका अनुसार बारी आसपासका क्षेत्र पहिले पनि सर्प देखिने क्षेत्रका रूपमा चिनिएको भए पनि यस्तो दुर्घटना यसअघि भने भएको थिएन। घटनापछि गाउँमा शोकको वातावरण छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali