Skip to main content

Purbi Garjan

विरोधका बाबजुद अमेरिकी सरकारले एमसीसी परियोजना अगाडि बढायो

काठमाडौँ — मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)लाई पुनः सक्रियताका साथ अगाडि बढ्न बाटो खुलेको छ। अमेरिकी सरकारले एमसीसी परियोजनालाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए–नेपालले त्यसको स्वागत गरेको छ।

विरोधका स्वरहरू उठिरहेका बेला यो निर्णय आएको हो। विशेषगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका केही दल तथा समूहहरूले एमसीसी परियोजनालाई ‘नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप’ भन्दै तीव्र आलोचना गर्दै आएका छन्। विभिन्न ठाउँमा विरोध प्रदर्शनहरू पनि भइरहेका छन्।

बुधबार जारी विज्ञप्तिमा एमसीए–नेपालले भनेको छ,
“अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयको हामी स्वागत गर्दछौँ।”

एमसीए–नेपालले हालसम्म २९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण, प्रमुख तीनवटा सबस्टेशन निर्माण, तथा १८ किलोमिटर सीमापार प्रसारण लाइनको काम अघि बढाइसकेको छ। साथै, सडक मर्मत, विद्युत् पूर्वाधार विस्तार, र क्षमता अभिवृद्धि जस्ता कार्यहरूका लागि आवश्यक खरिद प्रक्रिया समेत चलिरहेको जनाएको छ।

एमसीए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग सहकार्य गर्दै परियोजनालाई समयमै सम्पन्न गर्न प्रतिवद्धता जनाएको छ।
यद्यपि, राजनीतिक र वैचारिक स्तरमा एमसीसीलाई लिएर देशभित्र मत विभाजन यथावत् रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali