Skip to main content

Purbi Garjan

विरोधका बाबजुद अमेरिकी सरकारले एमसीसी परियोजना अगाडि बढायो

काठमाडौँ — मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)लाई पुनः सक्रियताका साथ अगाडि बढ्न बाटो खुलेको छ। अमेरिकी सरकारले एमसीसी परियोजनालाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए–नेपालले त्यसको स्वागत गरेको छ।

विरोधका स्वरहरू उठिरहेका बेला यो निर्णय आएको हो। विशेषगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका केही दल तथा समूहहरूले एमसीसी परियोजनालाई ‘नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप’ भन्दै तीव्र आलोचना गर्दै आएका छन्। विभिन्न ठाउँमा विरोध प्रदर्शनहरू पनि भइरहेका छन्।

बुधबार जारी विज्ञप्तिमा एमसीए–नेपालले भनेको छ,
“अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयको हामी स्वागत गर्दछौँ।”

एमसीए–नेपालले हालसम्म २९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण, प्रमुख तीनवटा सबस्टेशन निर्माण, तथा १८ किलोमिटर सीमापार प्रसारण लाइनको काम अघि बढाइसकेको छ। साथै, सडक मर्मत, विद्युत् पूर्वाधार विस्तार, र क्षमता अभिवृद्धि जस्ता कार्यहरूका लागि आवश्यक खरिद प्रक्रिया समेत चलिरहेको जनाएको छ।

एमसीए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग सहकार्य गर्दै परियोजनालाई समयमै सम्पन्न गर्न प्रतिवद्धता जनाएको छ।
यद्यपि, राजनीतिक र वैचारिक स्तरमा एमसीसीलाई लिएर देशभित्र मत विभाजन यथावत् रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali