Skip to main content

Purbi Garjan

झापामा गोली प्रहार गरी लागुऔषधसहित दुई जना नियन्त्रणमा

भद्रपुर। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–७ स्थित हुलाकी लोकमार्ग छेउको चिया पसल नजिकबाट दुई जना व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ।

मंगलवार साँझ करिब ५:२० बजे शंकास्पद अवस्थामा रहेका उनीहरूलाई जाँच गर्न खोज्दा प्रहरीलाइ हातपात गरी फरार हुने प्रयास गरेका कारण प्रहरीद्वारा ६ राउण्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षका मनिसुर आलमको साथबाट प्लास्टिकसहित १११.५० ग्राम तथा प्लास्टिकबाहेक १०३.७० ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध बरामद गरिएको छ।

त्यस्तै अर्का व्यक्ति झापा जिल्ला कचनकवल गाउँपालिका–५ निवासी ५५ वर्षका नसरुदिन मियाँ रहेका छन्। फरार हुन खोज्दा प्रहरीले प्रहार गरेको गोली लागेर उनको दाहिने खुट्टाको पिँड्युलामा सामान्य चोट लागेको थियो। ओमसाई पाथीभरा अस्पताल, भद्रपुरमा प्राथमिक उपचारपछि उनलाई प्रहरी कार्यालय झापामा ल्याइएको छ। मियाँको साथबाट प्लास्टिकसहित १०८.९० ग्राम तथा प्लास्टिकबाहेक १०२.१० ग्राम लागुऔषध बरामद गरिएको छ।

पक्राउ परेकासँग जम्मा २२०.४० ग्राम (प्लास्टिकसहित) र २०५.८० ग्राम (प्लास्टिकबाहेक) लागुऔषध फेला परेको छ।

हाल दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी कार्यालय झापाबाट करिब २ किलोमिटर दक्षिणपूर्वमा पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali