Skip to main content

Purbi Garjan

झापामा गोली प्रहार गरी लागुऔषधसहित दुई जना नियन्त्रणमा

भद्रपुर। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–७ स्थित हुलाकी लोकमार्ग छेउको चिया पसल नजिकबाट दुई जना व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ।

मंगलवार साँझ करिब ५:२० बजे शंकास्पद अवस्थामा रहेका उनीहरूलाई जाँच गर्न खोज्दा प्रहरीलाइ हातपात गरी फरार हुने प्रयास गरेका कारण प्रहरीद्वारा ६ राउण्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षका मनिसुर आलमको साथबाट प्लास्टिकसहित १११.५० ग्राम तथा प्लास्टिकबाहेक १०३.७० ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध बरामद गरिएको छ।

त्यस्तै अर्का व्यक्ति झापा जिल्ला कचनकवल गाउँपालिका–५ निवासी ५५ वर्षका नसरुदिन मियाँ रहेका छन्। फरार हुन खोज्दा प्रहरीले प्रहार गरेको गोली लागेर उनको दाहिने खुट्टाको पिँड्युलामा सामान्य चोट लागेको थियो। ओमसाई पाथीभरा अस्पताल, भद्रपुरमा प्राथमिक उपचारपछि उनलाई प्रहरी कार्यालय झापामा ल्याइएको छ। मियाँको साथबाट प्लास्टिकसहित १०८.९० ग्राम तथा प्लास्टिकबाहेक १०२.१० ग्राम लागुऔषध बरामद गरिएको छ।

पक्राउ परेकासँग जम्मा २२०.४० ग्राम (प्लास्टिकसहित) र २०५.८० ग्राम (प्लास्टिकबाहेक) लागुऔषध फेला परेको छ।

हाल दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी कार्यालय झापाबाट करिब २ किलोमिटर दक्षिणपूर्वमा पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali