Skip to main content

Purbi Garjan

नेपालबाट मधेश टुक्र्याउने धम्कि दिएका जसपा अध्यक्ष यादवलाई माओवादी सहित ६ दलको समर्थन

झापा । मधेस प्रदेशलाई नेपालबाट टुक्र्याउने आपत्तिजनक अभिव्यक्ति दिएका मधेश प्रदेशका जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विभिन्न राजनीतिक दलहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले उक्त घटनाप्रति गहिरो ध्यानाकर्षण भएको जनाउँदै दोषी प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका छन्।

जसपाका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव, नेपाल समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष जितेन्द्र कुमार साह, माओवादी केन्द्रका प्रदेश सदस्य शिव पुजन राय, एकीकृत समाजवादीका जिल्ला प्रतिनिधि सजिव यादव, लोकतान्त्रीक समाजवादी पार्टीका जिल्ला सचिव मिथलेश यादव र जनमत पार्टीका क्षेत्रीय अध्यक्ष दिलिप कर्णले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटना प्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा उल्लेख अनुसार, मिति २०८२ असार १५ गते बिहीवार राति पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुखले मुख्य ढोका बन्द गरी प्रहरी परिचालनसहित कार्यालय संचालन गरेको दृश्यले सेवाग्राही त्रसित भएका थिए। सो घटनाबारे जानकारी पाएपछि ज.स.पा.का प्रदेश अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासँग टेलिफोनमार्फत कुरा गर्दा “मधेशी” भनेर विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाइएको छ।

राजनीतिक दलहरूले यस्तो व्यवहार खेदजनक मात्र नभई नश्लीय सोचको उपज भएको आरोप लगाउँदै प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुटो मुद्दा खारेज गर्न माग गरेका छन्। साथै, जिल्ला प्रहरी प्रमुखमाथि तत्काल कडा कारबाहीको माग गर्दै छानबिन समिति गठन गरिनु पर्ने जनाएका छन्।

यदि यस्ता विभेदकारी व्यवहार तत्काल नसच्याइए आगामी दिनमा कडा सडक संघर्ष गर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali