Skip to main content

Purbi Garjan

अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजार जाने बाटोमा प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी २२ वर्षीया गंगा राई (गरिमा) रहेकी छन्।

प्रहरीका अनुसार गंगा राईमाथि गएराति करिब ११ः३० बजे अर्जुनधारा–८ की ३२ वर्षीया सुस्मिता भुसालले अन्य केही महिलालाई साथमा लिएर सामूहिक रुपमा कुटपिट गरेकी थिइन्। उनीहरूलाई शंका लागेको थियो कि सुस्मिताका श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएकी उनलाई चिकित्सकले राति १ः२० बजे मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले अर्जुनधारा–८ कै ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दासलाई नियन्त्रणमा लिएको छ। साथै, सुस्मिता भुसाल र उनका श्रीमान् रमेश भुसाललाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

मृतकको शव अहिले बिर्तासिटी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali