Skip to main content

Purbi Garjan

अर्जुनधारामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु, पाँच जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–८ स्थित नयाँ खसी बजार जाने बाटोमा प्रकाश गिरीको घरमा डेरा गरी बस्दै आएकी २२ वर्षीया गंगा राई (गरिमा) रहेकी छन्।

प्रहरीका अनुसार गंगा राईमाथि गएराति करिब ११ः३० बजे अर्जुनधारा–८ की ३२ वर्षीया सुस्मिता भुसालले अन्य केही महिलालाई साथमा लिएर सामूहिक रुपमा कुटपिट गरेकी थिइन्। उनीहरूलाई शंका लागेको थियो कि सुस्मिताका श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएकी उनलाई चिकित्सकले राति १ः२० बजे मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले अर्जुनधारा–८ कै ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दासलाई नियन्त्रणमा लिएको छ। साथै, सुस्मिता भुसाल र उनका श्रीमान् रमेश भुसाललाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

मृतकको शव अहिले बिर्तासिटी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali