Skip to main content

Purbi Garjan

बाहुण्डाँगीमा बाँस तथा काठजन्य हस्तकला तालिम सम्पन्न, उद्यमी उत्साहित

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -४ बाहुण्डाँगीमा हात्तीमैत्री पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सृजना गर्ने उद्देश्यसहित बाँस तथा काठजन्य हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, मेचीनगर नगरपालिका वडा नं. ४ र उज्यालो नेपाल बर्दियाको संयुक्त आयोजनामा भएको एक महिनाको तालिम सोमबार सम्पन्न भएको हो। तालिममा स्थानीय बासिन्दालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको थियो।

भद्रपुरस्थित शाक्य हस्तकला केन्द्रका सञ्चालक निर्मल शाक्य र भारतीय प्रशिक्षक गोपाल रोय सिंहले सहभागीहरूलाई बाँस र काठबाट विभिन्न सजावटी तथा घरेलु सामग्री बनाउन सिकाएका थिए। तालिम अवधिमा सहभागीहरूले आकर्षक सामग्रीहरू निर्माण गरेका छन्, जसको बजारमा माग बढेको वडा अध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगर उप-प्रमुख मीना पोख्रेल उप्रेतीले बाँस तथा काठजन्य सामग्री निर्माणमार्फत राम्रो आम्दानी गर्न सकिने भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले नगरपालिकाले उत्पादन भएका सामग्री बजारमा बिक्रीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाइन्।

पूर्व बाहुनडाँगी गाविस अध्यक्ष नीलकण्ठ तिवारीले बाँसको उपयोगिता बढाउन वडाले गरेको प्रयासलाई प्रशंसनीय रहेको बताए । वडा अध्यक्ष कार्कीले बाँसजन्य सामग्रीले दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्र र वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

तालिममा सहभागीहरूले सजावटी सामग्रीदेखि घरायसी र फर्निचरका वस्तु निर्माण गर्न सिकेको र यसै पेसालाई व्यावसायिक रूपमा अघि बढाउने योजना बनाएको बताए । तालिममा सहभागी चेतन अधिकारीले भने, “ म पहिला विदेश बसेर पनि आएको हुँ। तर यो तालिमले मलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ, यसलाई व्यावसायिक बनाउने योजना बनाएको छु।”

कार्यक्रममा तालिम सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा उपप्रमुख उप्रेती, रोटरी क्लब अफ काँकरभिट्टा, लायन्स क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali