Skip to main content

Purbi Garjan

मेचीनगर–४ मा तीन महिने कम्प्युटर तालिम सम्पन्न, ६० जनालाई प्रमाणपत्र वितरण

मेचीनगर, झापा । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ। गत वैशाख ७ गतेदेखि सुरु भएको तालिम असार ३१ गते सम्पन्न भएको हो।

वडाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित तालिममा एसईई दिएका र इच्छुक गरी कुल ६० जना विद्यार्थी सहभागी भएका थिए। तालिमको प्रशिक्षकका रूपमा एकता खनाललाई जिम्मेवारी दिइएको थियो।

वडाले अहिलेसम्म १३० जनालाई कम्प्युटर तालिम दिइसकेको जानकारी दिएको छ। यसअघि पहिलो चरणको तालिममा सहयोगीको रूपमा रहेकी रोशनीका सुनुवार हाल नगरपालिका कार्यालयमा कर्मचारीका रूपमा कार्यरत छन्। प्रशिक्षक एकता खनाल पनि भर्खरै स्वास्थ्य शाखामा परीक्षामार्फत नियुक्त भएकी छन्।

समापन समारोहमा सहभागीहरुलाई वडाध्यक्ष अर्जुन कुमार कार्की तथा जनप्रतिनिधिहरूले प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा वडाध्यक्ष कार्कीले आजको युगमा प्रविधिको महत्वबारे प्रकाश पार्दै तालिमले युवालाई सशक्त बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

“बालबालिकालाई चेतना, युवालाई सिर्जना र बुढापाकालाई सन्देश भन्ने हाम्रो उद्घोषलाई हामीले व्यवहारमा उतारिरहेका छौँ,” वडाध्यक्ष कार्कीले भने। उनले अभिभावकलाई आफ्ना सन्तानलाई सकारात्मक कार्यमा प्रेरित गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali