Skip to main content

Purbi Garjan

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेका हुन्।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए।

नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई सहयोग गरेका हुन् ।

प्रेस चौतारी झापाले स्थापना गरेको कोषका बारेमा जानकारी दिन पुगेको पत्रकारहरुको टोलीलाई नेताहरुले कोषको उद्देश्य मन पराएर सहयोग गरेको जानकारी दिए । पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापित कोषको रकम वृद्धिका लागि सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

बिर्तामोड नगर प्रमुख एवम् प्रदेश कमिटी सदस्य पवित्रा महतारा प्रसाई, एमाले नेताहरु देवराज कार्की, अम्बिर कुमार लिङदेन, सुवास भट्टराई, बद्री भट्टराई, राजन भट्टराई, उपेन्द्र बानियाँ, चौतारी पूर्व केन्द्रीय सदस्य मोहन काजी, उपचार कोषको संयोजक भीमा शिवाकोटीले धारणा राखेका थिए । चौतारी झापाका अध्यक्ष परियारले कोष स्थापना र आगामी योजनाका बारेमा संक्षिप्त जानकारी दिएका थिए।

उपचार कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने व्याजले उपचारमा सहयोग गर्ने कोषको संयोजक शिवाकोटीले जानकारी दिए । उनका अनुसार हालसम्म कोषमा ७ लाख रुपैयाँ जम्मा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali