Skip to main content

Purbi Garjan

साफ यू-२० महिला च्याम्पियनसिप: नेपालको शानदार जित

ढाका – मिना देउवाको ह्याट्रिकसहित नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७-० को फराकिलो जित दर्ता गरेको छ।

बंगलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाका कारण ढिला गरी सुरु गरिएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै गोलको वर्षा गर्यो।

नेपालको जितमा मिना देउवाले ह्याट्रिक गरिन्। पूर्णिमा राईले दुई गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले एक–एक गोल थपे।

खेलको आठौं मिनेटमा मिना देउवाले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाइन्। १३ औं मिनेटमा समिक्षा मगरले श्रीलंकन डिफेन्सले क्लियर गर्न नसकेको बललाई बक्स बाहिरबाट प्रहार गरी गोल गरे।

४२ औं मिनेटमा माया मास्केको लामो प्रहार श्रीलंकाकी गोलकिपरले रोक्न खोजेपनि रिबाउन्डमा मिनाले दोस्रो गोल गरिन्। पहिलो हाफको इन्जुरी टाइममा पूर्णिमा राईले दुई गोल गर्दै स्कोरलाइन ५-० बनाइन्।

दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो। ७० औं मिनेटमा वर्षा ओलीको पासमा मिनाले आफ्नो ह्याट्रिक पूरा गरिन्। इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारी नाथले करिब २५ यार्ड टाढाबाट गरेको फ्रि–किक गोलमा परिणत भयो र नेपालले ७-० को फराकिलो जित दर्ता गर्यो।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। अब नेपालले बिहीबार पुनः श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा ४ टोलीले एकअर्कासँग दुई–दुई पटक खेल्नेछन् र शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali