Skip to main content

Purbi Garjan

बिर्तामोडबाट ठूलो परिमाणमा लागूऔषध बरामद, मालिक फरार, कामदार पक्राउ

झापा । झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा लागू औषध बरामद भएको छ। बरामद लागू औषध औषधि व्यवसायी भानुभक्त खरेलको भएको बताइएको छ। खरेल भने फरार छन्, तर गोदाममा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुइँतलामा भण्डारण गरेर राखिएको प्रतिबन्धित लागू औषध बरामद गरेको हो। बरामद गरिएको औषधिजन्य लागू औषध आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूका अनुसार बरामद गरिएको लागू औषधसँगै कारोबारमा संलग्न कर्मचारीलाई पनि पक्राउ गरिएको छ। बरामद गरिएको औषधिमा समावेश छन्:

ट्रामाडोल हाइड्रोक्लोराइड: १ लाख ३ हजार ८०० ट्याब्लेट

ट्रामाडोल हाइड्रोक्लोराइड इंजेक्सन (ट्रामाडेक्स): १,८७० एम्पुल

ट्रामाडोल र एसिटामिनोफेन ट्याब्लेट: ४,०५० ट्याब्लेट

डाइसाइक्लोमाइन एचसीएल (२० मिलीग्राम): ९७ हजार ट्याब्लेट

सिल्डेनाफिल (जेनेग्रा एमटी रेड १००): ८,९०० ट्याब्लेट

मिफेप्रिस्टोन र मिसोप्रोस्टोल (टर्मिपिल किट): ७ प्याक

प्रहरीले अर्जुनधारा–६, दासपुल निवासी २५ वर्षीय बिनोद घिमिरेलाई पक्राउ गरेको छ। घिमिरे खरेलको ‘सनलाइट फार्मा’मा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनको प्रयोगमा रहेको मोटरसाइकल (नं. १–०१–०१३ प ८९०४) पनि बरामद गरिएको छ।

खरेलले लामो समयदेखि संग्रौलाको घर भाडामा लिएर दुईवटा कोठामा अवैध औषधि भण्डारण गर्दै आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले बरामद गरिएको लागू औषध र पक्राउको विवरण सार्वजनिक गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali